वीपी गेट अगाडीको बिर्तामोड मेडिकल हलबाट यसरी ठगिए बिरामीका आफन्त

  • आश्विन २५, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । अस्पताल परिसरमा रहेका सबै औषधी पसलहरुले ठगि गर्छन भन्न सकिन्दैन्, तर कतिपय पसलहरुले औषधी खरिदमा ठग्ने गरेका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर खुलेका औषधी पसलेहरुले बिरामीलाई फोनको भरमा औषधी वार्ड सम्मै पुर्याइदिन्छन्, त्यसैको लोभमा बिरामीका आफन्तहरु ठगिएका हुन्छन् ।

साउन १९ गते धरान १६ कि रिता राना मगरले आफ्नी १७ वर्षिय छोरी तृप्ती राना मगरको ओपन हर्ट सर्जरीका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेकी थिईन् । २३ गते सम्म प्रतिष्ठान बाहिर रहेका औषधी पसलहरुबाट औषधी लगिन् । २३ गते देखि बिर्तामोड मेडिकल हलबाट औषधी लान थालिन् । उधारो चल्ने भएकाले उनले त्यही पसलबाट औषधी लिन थालेकी हुन् ।

कोरोना संक्रमणका कारण अप्रेसन कक्ष सिल भए पछि उनले साउन २६ गते छोरीलाई काठमाण्डौं स्थित गंगालाल ह्रदय केन्द्र लिएर गईन् । उतै अप्रेसन गराई अहिले धरान फर्किएकी छिन् ।

1 copy

 

वीपीमा उपचारको क्रममा लगिएको औषधीको बिल बिर्तामोड मेडिकल हलले ६७ हजार १ सय २७ रुपैयाको बनायो । ३ दिनको उपचारमा लागेको औषधीको बिल थियो । औषधी मध्ये सबै भन्दा महंगो पर्ने टारगोसिड औषधीको बिल देखे पछि उनी अत्तालिन । जुन महंगो औषधी थियो, त्यसैको बिल धेरै थियो । फिर्ता गरिएको पानीको बिल पनि ३ सय २० रुपैया जोडिएको थियो । छोरी बिरामी हुँदा प्रयोग गरिएको टारगोसिड औषधी रेकर्ड हेर्दा उनले थाहा पाइन कि औषधी पसलले आफुलाई ठगेको । एउटै औषधीमा उनी १९ हजार २ सय २९ रुपैया ठगिएकी रहिछिन् ।

प्रतिष्ठानको ड्रग एडमिनिस्ट्रेसन रेकर्ड तथा डिस्चार्ज पेपर अनुसार बिरामीलाई तिन दिनमा टारगोसिड औषधी ४ पटक दिएको देखिन्छ । २३ गते ६ सय एमजि, २४ गते दुई पटक गरेर १२ सय एमजि र २५ गते ६ सय एमजि दिइएको रेकर्डमा उल्लेख गरिएको छ । रेकर्ड अनुसार ४ पिस ४ सय एमजि र ४ पिस २ सय एमजिको औषधी प्रयोग भएको छ । यता पसलबाट आएको बिलमा भने १० पिस ४ सय एमजि र ५ पिस २ सय एमजि लगेको देखाएको छ ।

बिर्तामोड मेडिकल हलले दिएको मिति समेत उल्लेख नगरिएको बिल नम्बर २४२१ मा ४ सय एमजिको २ पिस, २ सय एमजिको १ पिस, बिल नम्बर ६४४ मा ४ सय एमजिको २ पिस, २ सय एमजिको १ पिस, सोही बिलमा पुनः ४ सय एमजिको ३ पिस र थप १ पिस लेखिएको छ भने बिल नम्बर २४२० मा ४ सय एमजिको २ पिस र २ सय एमजिको २ पिसको बिल बनेको छ ।

3 copy
बिलमा उल्लेख गरिएको मुल्य अनुसार ४ सय एमजिको प्रति पिस ३ हजार ५ सय २९ रुपैया रहेको छ भने २ सय एमजिको १ हजार ५ सय ८४ रुपैया रहेको छ । बिल अनुसार उनले लगेको टारगोसिड औषधी ४ सय एमजिको १० पिस, २ सय एमजिको ५ पिस रहेको छ । यता अस्पतालले प्रयोग गरेको औषधी ४ सय र २ सय एमजिको ४÷४ पिस भएको छ । प्रयोग गरिएको भन्दा ६ पिस र १ पिस बढी देखिन्छ । जसको मुल्य बिल अनुसार १९ हजार १ सय ७९ रुपैया रहेको छ ।

अस्पतालले औषधी खरिद गर्न दिएको ड्रग स्लीपमा उल्लेख गरिएको औषधीको परिणाम केरमेट गरिएको बिरामीकी आमा रिता राना मगरले बताईन् । खरिद गरेको औषधीको परिणामनै धेरै भए पछि आफु ठगिएको आशंका लागेको उनको भनाई छ । उनले भनिन्, छोरीलाई कति औषधी प्रयोग गरियो भन्ने मलाई थाहा थियो, नर्सले दिएको ड्रग स्लिप पनि केरमेट गरिएको भेटे, १ काटुन पानी फिर्ता गरिदिएको थिए,

2 copy

त्यसको पनि बिल बनाएको रैछ, पछि अस्पतालको रेकर्ड चेक गर्दा प्रयोग भएको भन्दा बढीको बिल बनेको रहेछ ।’ बिलमा भएका सबै औषधीको खोजि गर्ने हो भने थप रकम ठगिएको हुन सक्ने उनको भनाई छ । उनले औषधी पसललाई तिर्नुपर्ने रकम तिरेकी छैनन् । उनले ६७ हजार १ सय २७ रुपैया तिर्नुपर्ने देखिन्छ । ठगिएको रकम १९ हजार २ सय २९ रुपैया रहेको छ । इलाका प्रशासन कार्यालय धरानमा आवश्यक छानबिनका लागि उनले निवेदन दिएकी छिन् ।

यता मेडिकल सञ्चालक नरेन्द्र देवले आफन्तनै भएकाले कुनै ठगि नगरेको बताए । स्लीप अनुसारकै दबाई दिएको र कुनै ठगि नगरेको उनको भनाई छ । उनले भने, स्लिप अनुसारकै दबाई दिएको हो, बढी पैसा लिएको छैन् ।’

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved