बेलबारी / मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाई यन्त्र (ड्रोन) मार्फत भौगोलिक नक्सांकन तथा सर्वे गर्न थालेको छ । आइतवार देखी नक्साकंन शुरु गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।
नगरप्रमुख सुबेदीले ड्रोन मार्फत गरिएको नक्साले नगरपालिकाको सहरी विकास योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना (Street Address) निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न सहज हुने बताए ।
नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धी हासिल गर्ने लक्ष्य राखेको छ । उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत शहरी विकास योजना तथा विपद व्यवस्थापनमा सहयोग पुर्याउने नगरपालिकाले जनाएको छ ।
‘वाढि पहिरो डुवान हुने क्षेत्रको अबस्था समेत ड्रोन मार्फत खिचिन्छ’ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले भने ‘हामीलाई विपद ब्यबस्थापनलागि पुर्व तयारी गर्न सहज हुन्छ, नगरपालिकाका ३० स्थान बाट सेटलाईट सँग जिपिएस कोडिनेट मार्फत कन्ट्रोल पोइन्ट स्थापना गरी सर्वेक्षण गर्न लागिएको हो ।’
बेलायतबाट सिभिलि इन्जीनियरीङ सकेर ट्रान्स्पोर्टमा मास्टर गरेका बिबेक सिंहले कामको जिम्मा लिएका छन । डिजि निर्माण इन्जिनियरिङ प्रा.लि. बिराटनगरका संचालक समेत रहेका सिंहले डिजिलाइजेसनले नगरको सचित्र प्रोफाइल बन्न सक्ने बताए । सर्वेक्षण सकिएपछि मोवाइल एप मार्फत हेर्न मिल्ने उनको भनाइ छ ।
नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने भएको छ । नगरपालिका क्षेत्र भित्रको पर्यटकीय स्थल, सडक, लगायत विकास निर्माणका कामको डिपिआर, डिजाईन कार्यालयमै बसेर गर्न सकिने जनाएको छ । प्रदेश १ मै बेलबारीले (ड्रोन) मार्फत भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणलिबाट गर्न थालेको हो ।