बिरामी धान्न नसक्ने भए पछि लकडाउन गर्न चिकित्सकको सुझाव

  • आश्विन २५, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोरोना संक्रमितहरुको संख्या दिनहुँ बढ्दै गए पछि अस्पतालले बिरामी धान्न नसक्ने भए पछि लकडाउन घोषणा गर्न सुझाएका छन् ।

सुनसरीमा दिनहुँ कोरोना संक्रमित बढ्दै गए पछि बिरामीको संख्या पनि बढ्दो अवश्थामा रहेकाले अस्पतालले धान्न समस्या हुने भएकाले लकडाउन घोषणा गर्न धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आग्रह गरेको छ । शनिबार इटहरी र धरानका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी र बिशेषज्ञ चिकित्सकहरुबीच भएको छलफलमा चिकित्सकहरुले अझै भयावह अवस्था आउन नदिन लकडाउन गर्न सुझाव दिएका हुन् । संक्रमित संख्या अझै बढ्न नदिन र स्वास्थ्य संस्थाहरुले धान्न सक्ने अवस्था नभएसम्मलाई लकडाउन गर्नुपर्ने चिकित्सकहरुको भनाई छ ।

वीपी प्रतिष्ठानका फोक्सो रोग बिशेषज्ञ एवं कोरोना उपचारमा सक्रिय डा. दिव्यराज मिश्रका अनुसार एक लाख जनसंख्यामा २ सय ५० भन्दा बढी सक्रिय विरामी भएमा जनस्वास्थ्यको दृष्टिकोणले अत्यन्तै जोखिमको अवस्था हुन्छ । त्यसैले संक्रमण अझै बढ्न र भयावह अवस्था हुन नदिन लकडाउन लगायत अन्य उपायहरु गर्नुपर्ने हुन्छ । उनले भने, ‘धरानमै पनि अढाई सय मात्र होइन, एक्टिभ केस ६ सय हाराहारी पुगिसक्यो । सिकिस्त विरामीलाई पुर्वमा नै अक्सिजन भएको बेड पाउनै गाह्रो छ । कोरोनालाई जति बेडा बनाइयो, त्यसले नधान्ने अवस्था भइसक्यो, अब विरामीको संख्या घटाउनु पर्छ, त्यसको लागि लकडाउन नगर्ने हो भने चहलपहल भइरहन्छ, संक्रमित बढीरहन्छ र अवस्था झन् भयावह हुन्छ ।’

लकडाउन गरेपछि जति विरामी छन्, उनीहरुलाई उचितढंगले व्यवस्थापन र उपचार गरेर संख्या कम गर्दै जान सकिने डा.मिश्रको भनाई छ । त्यसो नगरे अस्पतालमा भर्ना गर्ने ठाउँ नभएर मृत्युदर बढ्ने उनले बताए ।
प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वराल पनि वीपीको क्षमता अनुसारको बेड भरिसकेकोले चुनौती भएको बताउँछन् । आम मानिसहरुले कोरोना केही होइन भनेर लापरवाही गरिरहेको र सिकिस्त अवस्थामा मात्र अस्पताल आउन थालेकोले झन् समस्या भएको उनले बताए । उनले भने, ‘हामी महामारीको पिकमा छौं तर जनताको तहमा जुन सावधानी अपनाउनुपर्ने हो भइरहेको छैन ।

कोरोना केही पनि होइन भन्ने छ तर समस्या हुँदा त श्वासप्रश्वासमा नै हुने हो, र त्यति बेला अक्सिजन, भेन्टिलेटर नै चाहिन्छ, सिरियस विरामी एक्कासी आइपुग्दा बेड मेनेज गर्न सकिदैन । बेड भरिएर इर्मजेन्सी र वार्डमा विरामी कुरिरहेका छन् ।’अस्पतालमा सिमित स्रोत साधान भएको तर संक्रमणको दर अत्यधिक बढेर थेग्न नसकिने अवस्था भएको उनले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको छलफलमा चिकित्सकहरुले लकडाउन गर्न सुभाव दिए पनि प्रशासन र जनप्रतिनिधिहरुले भने अन्य सरोकारवाला पक्षहरुसँग छलफल गरेर मात्र निर्णय लिने प्रतिक्रिया दिएका छन् ।

बैठकमा सुनसरीका सिडिओ फडिन्द्रमणी पोखरेलले बिशेषज्ञ डाक्टर, इटहरी र धरानका जनप्रतिनिधिको धारणा सुनेको र आइतबार थप छलफल गरेर अवश्यक निर्णय लिइने बताए । उनले भने, ‘बन्द गर्न पनि गाह्रो छ, नगरि पनि भएको छैन, धरान र इटहरीसँग कुरा गरे, भोली इटहरीसँग छुट्टै बस्छुँ, र केही निष्कर्षमा पुग्छौं ।’ बैठकमा धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी र इटहरीबाट मेयर, उपमेयर सहभागी थिए ।

धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले लकडाउन खुलेको धेरै समय नभएकोले तत्काल पुनः लकडाउन गर्ने अवस्था नभएको बताइन् । लकडाउनको सट्टा वडाका जनप्रतिनिधि, टिएलओ, विभिन्न सामाजिक तथा जातीय संघसंस्थाहरुलाई सचेतनाको लागि परिचालन गर्ने, होम आइसोलेसनमा बसेकाहरुलाई अनुगमन गर्ने र संक्रमण फैलन नदिन सजगता अपनाउने लगायत कार्ययोजना बनाएर जाने बताईन् ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved