कोरोनाको त्रास कायमै अन्तुमा पर्यटकलाई गर्ने सत्कार शैली फेरियो

  • आश्विन २५, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम । चैत्र ११ गते बाट नेपालमा वन्दा वन्दी शुरु भयो । वन्दावन्दी सँगै बन्द भएका इलामको श्री अन्तुमा रहेको होटल, कटेज र होमस्टे पनि बन्द भए । बन्द भएको छ महिना पछि होटल, कटेज र होमस्टे पनि खुले । होटल, कटेज र होमस्टे खुले सँगै त्यहाँ आउने पर्यटक प्रति गरिनै सत्कार शैलि पनि फेरीएको छ ।

वन्दावन्दी हुनु पूर्व आउने पर्यटकलाई फर्कने वेलामा फूलको गुच्चा र खदाले सत्कार गर्ने गर्दथे । तर यति वेला आउने पर्यटकले भने पूmलको गुच्चा र खदा भने पाउँदैनन ।

यतिवेला अन्तुमा सञ्चालन गरेको होटल, कटेज र होमस्टे व्यवसायी भने अलग्गेै बसेर पर बाट नमस्कार गर्ने गर्दछन । स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने शर्तमा नै खोलिएको होमस्टेमा आउने पर्यटकलाई नमस्कार गर्ने गरेको श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनबहादुर आले मगर बताउँछन । यतिवेला फाट्टफूट्ट पर्यटक आउन शुरु त भयो तर मापदण्ड पुरा गर्दैगर्दा पर्यटक नै पो रिसाइदिन्छन् कि भन्ने लाग्ने गरेको आले बताउँछन । उनी भन्छन ‘यसो गर्दा पर्यटकले हामीले कोरोना बोकेर ल्याएका छौँ र भन्छन भन्ने पिर पनि रहेको
छ ।’

मौसम खुले सँगसँगै अन्तुमा पर्यटकको आउने गर्दछन । बर्खा सकिए सँगै घाम लाग्ने र आकाश खुल्ने क्रम बढेपछि अन्तु डाँडाबाट सूर्योदयको दृश्य राम्रो देखिन थालेकाले त्यहाँ आउने पर्यटकको आकर्षण बढ्ने गर्छ । श्री अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बङ्गालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेपनि यस वर्ष कोरोना संक्रमण त्रासका कारण आन्तरीक र छिमेकी जिल्ला झापाबाट मात्र पर्यटक आउन थालेका छन । अन्तुमा विभिन्न स्थानबाट दैनिक पाँच सय देखि एकहजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन ।

सूर्योदयको दृश्य सँगसँगै अन्तु क्षेत्रमा लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, गुफा पाताल, सिंहबाहिनी क्षेत्र, मनमोहक हरियाली र चियाबारीका डाँडाकाँडाको दृश्य पनि आकर्षक भएका कारण यहाँ त्यसको मज्जा लिन पनि पर्यटक बाक्लै आउने गरेका छन् । गत वर्ष यो समयमा अन्तुमा बास पाउन गाह्रो थियो तर यतिवेला भने फाट्ट फूट्टमा पर्यटक देखिन थालेका छन । यहाँबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजन अनुसार फलफूल तथा अरू बालीले पनि आनन्द दिने गर्दछ । यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडी लगायतका बजार वरिपरिझैं देखे पछि आनन्द आउने गर्छ । समुन्द्र सतहदेखि ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved