इटहरी । इटहरीबाट सञ्चालित एक टेलिभिजनमा कार्यरत सञ्चारकर्मी महेश गुरागाइ कोरोना सामान्य नरहेको सुनाउँछन । शुरूमा केहि हैन भनेर बस्दा स्वयम आफैलाई अक्सिजन सम्म लगाउनु पर्ने अवस्थामा पुगेको उनको भनुभव छ । कोरोनाबाट बच्ने उपयोगी उपाय टेलिभिजन मार्फत आम दर्शकहरूलाइ सिकाइरहँदा गुरागाइ आफै संक्रमित भए ।
केहि समय अघि धरान स्थित बिपि प्रतिष्ठानको कोविड १९ अस्पतालमा भर्ना भएका थिए । अहिले उनी कोरोना निको भएर घर फर्किसकेका छन ।
इटहरी उद्योग वाणिज्य सघंका अध्यक्ष भिम पौडेल पनि कोरोनालाइ सामान्य सम्झन नहुने बताउँछन् । सामान्य रुघा लागेको कारण शंका लागी पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको स्वास्थ्य अवस्था ठिकै रहेको छ । शुरुमा कोरोना केही हैन भन्ने गरेपनि स्वयम संक्रमित भएपछि उनले कोरोनालाई बुझेका छन् । उनी अहिले हाल होम आइसोलेसनमा रहेका छन ।
इटहरी २० तरहराका समाजसेवी एवम नेपाली कांग्रेसका क्षेत्रीय स्तरका नेता नगेश चन्द्र राइले शुरूमा रूघा लागे जस्तो भएको र ज्वरो आउला जस्तो भएको थियो । उनले शंका लागे पछि पिसिआर परिक्षण गदाउँदा कोरोना पुष्टि भएको छ । पहिले नै शंका लागेर बेलैमा स्वास्थ्य सतरकता अपनाएकै कारण कुनै जोखिम नरहेको उनी सुनाउँछन् । उनी हाल कोरोना मुक्त भइसकेका छन । आफुलाई कोरोना पुष्टि भए पछि भने साच्चीकै कोरोना फैलिरहेको अनुभव गरेको उनी बताउँछन् ।
सामाजिक सञ्जालमा कोरोना सामान्य रूघा खोकि मात्र हो भनेर लेखिरहँदा संक्रमणबाट मुक्त भएका र प्रत्यक्ष संक्रमित भएर आइसोलेसनमा बसिरहेकाहरूले यसलाइ गलत बताउदै आएका छन । कोरोना संक्रमणले छोइसकेपछि मानिसहरू पहिलेको स्वस्थ अवस्थाबाट अचानक शरिरका बिभिन्न अंगहरूमा एकाएक हलचल उत्पन्न हुने र बिस्तारै थला पार्ने सम्मको अनुभव संक्रमितहरूको छ । यसको पहिलो लक्षण पनि रूघाखोकि नै रहेको उनीहरु बताउँछन् ।
कोरोना लागि सकेपछि शरिर कमजोर हुदै जाने, उर्जा कम हुने जस्ता लक्षण देखिए पनि मनोबल बढाएर नियमित खानपानमा ध्यान दिदाँ र शारिरिक ब्यायाम गरे कोरोना निको हुने उनीहरुको भनाई छ । कोरोना केही हैन सामान्य रूघाखोकी मात्रै हो भन्न नुहेन उनीहरुको सुझाव रहेको छ ।
समुदायस्तरमा संक्रमण फैलिएसंगै हाल सुनसरीको इटहरीमा दिर्घरोग सहित कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ भने संक्रमित हुनेहरूको संख्या ६ सय ९५ पुगिसकेको छ । त्यस्तै कोरोना निको भएर घर फर्कनेहरू पनि ३ सय ५० भन्दा बढी रहेको इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।