धनकुटा प्रहरीद्वारा जिल्लाका विभिन्न स्थानका २२ हजार गाजाको बोट नष्ट

  • आश्विन २४, २०७७
  • सन्तोष रुचाल
alt

धनकुटा÷धनकुटाका विभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएको अबैध गाँजा फडानीलाई प्रहरीले तिब्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्देशनमा मातहतका प्रहरी चौकीहरुको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका करिब २२ हजार बोट गाँजा फडानी गरी नष्ट गरिएको छ ।

2 जिल्लाको सबैभन्दा बढी गाँजा उत्पादन हुने क्षेत्र सहिदभूमि गाउँपालिका–२, ३ र ४ वडाको साम्बु गाउँ, पाताल, तिलुवाटार र ढोलमुखा लगायतका स्थानमा प्राकृतिक रुपमा उम्रिएको ३३ रोपनी क्षेत्रफलमा रहेको १० हजार ९ सय ५० बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । सो क्षेत्रमा केही बर्ष पहिले व्यवसायिक रुपमा गाँजा खेती हुदै आएको थियो । तर स्थानीय प्रशासनको सक्रियतामा हरेक वर्ष गाँजा फडानी गर्दै आएपछि स्थानीयहरुले त्यसको विकल्पको रुपमा खेती शुरु गरेका थिए ।

1

अहिले सो क्षेत्र लगायतका विभिन्न स्थानमा प्राकृतिक रुपमा गाँजा उम्रिएपछि प्रहरीले फडानी अभियानलाई तिब्रता दिएको हो । प्राकृतिक रुपमा उम्रिएको चौबिसे गाउँपालिका–६ मिलनचोकमा एक रोपनी क्षेत्रफलमा रहेको १ सय बोट, धनकुटा नगरपालिका–५, ६ र ७ मा ३१ रोपनी जग्गामा फैलिएको ८ हजार बोट, महालक्ष्मी नगरपालिका–९ मा स्थित स्थानीयहरुको पाखाबारीमा एक रोपनी जग्गामा उम्रिएको ४४ बोट, धनकुटा नगरपालिका–३ मा ११ रोपनी क्षेत्रफलमा रहेको २ हजार ८ सय ५० बोट गाँजा नष्ट गरिएको एसपी अधिकारीले बताए । प्रहरीले गाँजा नष्ट गर्ने अभियानलाई जिल्लाभरी नै निरन्तरता दिईरहेको प्रहरीले बताएको छ ।

3

जीवनभर दुःखी गरीबहरु ...

इटहरी/ २०३४ साल मंसिर ७ गते खोटाङको सिम्पानी ७ हाल ...

भारतीय दुग्धजन्य पदा ...

मोरंग/ भन्सार छली गरी भारतीय बजारबाट छ्यापछ्याप्ती ...

खडेरीले ट्युबेलको पा ...

उदयपुर/ यय वर्ष खडेरी परेपछि उदयपुरको त्रियुगा नगर ...

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved