धरानमा तत्काल लकडाउन नहुने

  • असोज २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको छ ।

दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पछि धरान उपमहानगरपालिकामा बसेको बैठकले तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको हो । बैठकले नगरबासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विदुर खनालले जानकारी दिए । स्वास्थ्य प्रोटोकल पालना गर्न सार्वजनिक आव्हान गर्ने र त्यसको अनुगमन गर्न शसस्त्र प्रहरी, प्रहरी, नगरप्रहरी परिचालन गरिने उनले बताए । सबै नगरवासीलाई सचेत रहन आग्रह गरेका छन् ।

बैठकमा राजनीतिक दलका प्रतिनिधि, पुर्वजनप्रतिनिधि, बुद्धिजिवि, वीपी प्रतिष्ठानका चिकित्सक सहित सहभागी थिए । बैठकमा सहभागी नेकपाका अध्यक्ष नारायण सुवेदीले पनि स्वास्थ्य प्रोटोकल पालना गर्न नगरबासीहरुलाई अनुरोध गर्ने, प्रचार गर्ने निष्कर्ष निकालिएको बताए ।

उनका अनुसार बैठकमा सहभागीहरुले लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए, तर त्यो सुझाव दिने संख्या कम भएको थियो । लकडाउनको साटो स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । यातयातमा पनि सेनिटाइज, पञ्जा र मास्क प्रयोग भए नभएको पनि अनुगमन गर्ने निष्कर्ष बैठकले निकालेको छ ।

श्रीमतीलाई ‘खोकीको औ ...

झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई ख ...

मलेसियाको कमाइ छोडेर ...

झापा/ ‘देशमै केही गर्न सकिन्छ भन्ने विश्वास ...

बक्सिङको रिङ जत्तिकै ...

धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. १ ...

हिरासत कक्ष लागुऔषध ...

सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved