ज्यालादारी कर्मचारीलाई करार गर्न माग गर्दै वीपीमा आन्दोलन

  • असोज २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । दैनिक ज्यालादारीमा कार्यरत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्यालादारी कर्मचारीहरुले समय पुगेका कर्मचारीलाई करार गर्न माग गर्दै आन्दोलन गरेका छन् ।

१२ बुँदे माग सहित आन्दोलनमा उत्रिएका ज्यालादारी कर्मचारीहरुले प्रतिष्ठानमा भइरहेको पदीय दुरुपयोग रोक्न समेत माग गरेका छन् । उनीहरुले उपकुलपति सहित उनका सल्लाहाकारहरुले पदको दुरुपयोग गर्दै प्रतिष्ठानलाई धरायसी बनाएको आरोप लगाएका छन् । रजिष्टार्डको कार्यालय पुगेका आन्दोलनकारीहरुले ‘एक लाखे सल्लाहकार चाहिँदैन’ भन्दै चर्को नाराबाजी गरेका थिए । उनीहरुको आरोप उपकुलपतिका सल्लाहाकार दिलिप भट्टराई प्रति रहेको थियो ।

भट्टराईले प्रतिष्ठानको तलब भत्ता लिएर गेष्ट हाउसको समेत खर्च व्यहोर्न लगाउने गरेको उनीहरुको भनाई छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक लाख तलब भत्ता, गाडी तथा भिआइपी सुविधा दिएर राखेको सल्लाहकारले प्रतिष्ठान विगारेको ज्यालादारी कर्मचारी किरण भटट्राईले बताए । उनले भने, ‘प्रतिष्ठानको भौतिक सम्पत्ति मात्र हैन, यहाँको नीति र व्यवस्थालाई समेत कुल्चने काम गरेका छन्, यस्ता सल्लाहकार रहेसम्म प्रतिष्ठान सुध्रदैन ।’

कर्मचारीहरुले नाराबाजी पछि रजिष्ट्रार डा. मोहन चन्द्र रेग्मीलाई माग पत्रसमेत बुझाएका छन् । २ वर्ष पुगेका कर्मचारीहरुलाई तत्काल करार गर्न, जोखिम भत्ता उपलब्ध गराउन, करारलाई परर्फमेन्स करार गर्न, कर्मचारी समाजको निर्वाचन गराउन, ठेकेदारलाई दिएको कोठा खाली गर्न, आन्तरिक बढुवा चाडो गर्न ज्यालादारी कर्मचारीहरुले माग गरेका छन् ।
साथै कर्मचारी, नर्सिङ, प्राविधिकहरुलाई कोठा उपलब्ध गराउन, मनपरि सरुवा बन्द गर्न, प्रतिष्ठानको सम्पत्ति दुरुपयोग बन्द गर्न पनि भनेका छन् । प्रतिष्ठानका जुनियर फोरम्यान किरण भट्टराईले एक साताको अल्टिमेटम दिदै माग पुरा हुने ग्यारेण्टी नभए अनसन बस्ने चेतावनी दिएका छन् ।

रजिष्ट्रार डा.रेग्मीले ज्यालादारी कर्मचारीहरुका कतिपय माग पदाधिकारीहरु बसेर समाधान गर्न सकिने बताएका छन् । उनले कार्यकक्षमा आएका दैनिक ज्यालादारी कर्मचारीहरुलाई कोरोना विमा भइसकेको बताउँदै प्रतिष्ठानको आर्थिक अवस्था कमजोर भए पनि दशैं पेस्की र असोजको तलब समयमा नै खुवाउने प्रयास भइरहेको बताएका थिए ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved