भारतमा बालिका बिक्रि गर्न लाने गिरोह पक्राउ

  • असोज १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बलिका लागि नेपाली चेलिहरु भारतमा लगेर बिक्रि गर्ने गिरोह सुनसरीमा सक्रिय हुँदै गएको पाइएको छ । सुनसरीका खुल्ला सिमानाका बाट विभिन्न प्रलोभनमा पारेर नेपाली महिलाहरुलाई बिक्रि गर्न लैजाने गरेको पाइएको हो ।

पुजाको बहानामा भारतमा बिक्रि गर्न लैजाने गरेको पाइए पछि प्रहरीले पनि सक्रियता बढाए सँगै गिरोह पक्राउ पर्न थालेका छन् । केही दिन अघि सुनसरी स्थित रामधुनी नगरपालिकाकी एक बालिकालाई बलि दिन लादै गर्दा प्रहरीले उनको उद्धार गरेको थियो । पुनः बुधबार दुई जना महिलालाई पुजाको बहानामा भारत तर्फ लादै गरेको अवश्थामा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ ।
सप्तरीका दुई महिलालाई भारतको भीमनगरमा पूजा छ भन्दै लगिएको अवश्थामा सशस्त्र प्रहरी बल बिओपीले उद्धार गरेको छ । नेपाल भारतबीच रहेको खुल्ला सीमा सिल रहेको अवस्थामा चोर बाटो हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा सशस्त्रले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । युवतीलाई भारत लाने एक महिला र दुई पुरुषलाई पक्राउ गरेको हो । युवती लिएर हिँडेका अग्नीसाइबर कृष्णसवरण गाउँपालिका ४ बस्ने वर्ष २९ का साहिल मन्सुरी, सप्तरीको शम्भुनाथ नगरपालिका ७ बस्ने २२ वर्षकी सूचीनकला चौधरी र सिरहाको लहान नगरपालिका १९ बस्ने ३२ वर्षका जीवछ साह पक्राउ परेका छन् ।

युवतीलाई फकाएर भारतको विहार राज्यतर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालिका स्थित भाण्टाबारी नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो । युवतीलाई भारतीय सुरक्षा बल (एसएसबी) को सहयोगमा उद्धार गरिएको बीओपी भण्टावारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काको नेतृत्वको टोलीले उद्धार गरेको हो ।
सशस्त्र प्रहरीको चार नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले भारतको वीरपुर राज्यको भीमनगर मन्दिरमा पूजा गर्न जाँदा पुजारीले तीन लाख बढी पैसा दिने भन्दै युवतीलाई फकाएर बली दिन लगेको अनुसन्धानमा खुलेको बताए ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved