पुवामझुवाको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण

  • आश्विन ९, २०७७
  • भगीरथ भण्डारी
alt

इलाम इलामको नयाँ पर्यटकिय गन्तव्य मानिएको महभीरको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । इलाम नगरपालिका– ३ पुवामझुवामा रहेको झरनामा विभिन्न स्थानका व्यक्तिहरुको आवागमन बढ्न थालेकाले यसको आकर्षण बढ्न थालेको हो ।

जिल्लाकै सदमुकामबाट करिब २० किलो मिटरको मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किलो मिटरको कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ । पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचार प्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो ।

जिल्ला बाहिरकाको त कुरै छोडौं जिल्ला भित्रका धेरैलाई समेत थाहै नभएकाले यस झरना आसपास कोही पनि भेटिदैन थिए । तर अहिले भने शनिबार दुई सय अन्य दिनमा भने २५ जनाको सङ्ख्यामा आन्तरिक पर्यटक झरना अवलोकनका आउन थालेको इलामनगरपालिका वडा नं. ३ का वडाध्यक्ष तिर्थ गुरुङ बताउँछन । उनले भने, ‘अहिले भने जिल्लाका इलाम, सुर्योदय, देउमाई नगरपालिका, फाकफोकथुम, माङ्गसेबुङ्ग र सन्दकपुर गाउँपालिकाका पर्यटक आउने गरेका छन् । लकडाउन भन्दा अगाडी भने काठमाण्डौँ, मोरङ्ग, झापा, पाँचथर लगायतका स्थानबाट पर्यटक आउने गरेका छन् ।

पहिले भिर मौरी पाईने ठाउँ भएकाले महभीर नामाकरण भएको र नजिकै दुई वटा झरना भएको हुँदा यसलाई महभीरको दिदिबहिनी झरना नामाकरण गरिएको स्थानीय बताउँछन । लेकाली हावापानीमा एकै स्थानमा दुई झरनाको दृष्यावलोकनले पर्यटकलाई आकर्षित बनाउँछ ।

कुहिरोसँग लुकामारी खेल्ने यी दिदी बहिनी झरनालाई नियाल्न आन्तरिक पर्यटकहरुको आगमनसँगै स्थानिय हर्षित भएका छन् । झरना नजिकै स्थानीय अग्र्यानिक खानपिन उपलब्ध गराउने भावी योजना समेत रहेको उनले जानकारी दिए । यस क्षेत्रमा टिमुर, चिमफिङ्ग, वनसुपारी, चिराइतो लगायत गरी २० प्रकारका जडीबुटी सहजै उपलब्ध हुन सक्छ ।
गएको दुई आर्थिक वर्षमा मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले २० लाख, प्रदेशको १० लाख आर्थिक सहयोग र स्थानियको छ लाख रुपैँया गरी ३६ लाखको लगानीबाट रेलिङ्गसहितको पदमार्ग, हावा घर (बिसाउनी स्थल) लगायतको निर्माणसँगै सौन्दर्यकरण गर्ने काम गरिएको छ ।

थप स्तरउन्नतीका लागि भर्खरै मात्रै संघीय सरकारले पठाएको टोलीले “महभीरको दिदी बहिनी झरना“ क्षेत्रको विस्तृत अध्ययन प्रतिबेदन (म्एच्) तयार पार्नका लागि आफ्नो कार्य सकाएर फर्किएको स्थानिय पुवामझुवा पर्यापर्यटन विकास समितिका अध्यक्ष सोम सुनुवारले जानकारी दिए ।

हालसम्म वैज्ञानिक ढङ्गबाट ‘महभीरको दिदी बहिनी’ झरनाको उचाई नाप्ने काम नभए पनि करिब एक सय २५ फूट अग्लो रहेकोे अनुमान रहेको छ ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved