धरान / पछिल्लो २४ घण्टामा दशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सगै देशभर संक्रमित हुनेको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८९३ जना निको भए सगै जम्मा निको हुनेको संख्या ४९ हजार ९सय५४ पुगेको छ भने मृतकको संख्या ४ सय ३६ पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ।