प्रदेश १ मा ७९ कोरोना संक्रमित थपिए

  • असोज ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ महिला ३ पुरुष, बुढीगंगामा ५, रंगेलीमा ४, जहदा र सुन्दरहरैचामा १–१ पुरुष, सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुमा १ महिला, स्थानीय तह नखुलेका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको अर्जुनधारामा ३ पुरुष, कनकाईमा १ महिला, पाँचथरको फिदिमका एक पुरुष, प्रदेश १ बाहिरका ४ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ५७४ पुगेको छ ।

प्रदेश १ मा आज ३० जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानान्द आचार्य सेवा पीठ आईसोलेसनबाट १९, होम आईसोलेसनबाट ९, वि.जनरल अस्पताल हरिनगरबाट १ र इनरुवा आईसोलेसनबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५३५ पुगेका छन् । प्रदेश १ मा आज ५ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५२ पुरुष को रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख १५ हजार ५७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सुनसरी उद्योग वाणिज् ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघको अध्यक्ष पदको निर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved