बास्केटबल खेलाडिलाई डिपोट स्कुलले दियो छात्रवृत्ती

  • असोज २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान बास्केटबल संघको सिफारिसमा डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रम वाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरको थियो ।

धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको आयोजना गरि संघ, विद्यालय, छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावक बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघको तर्फ वाट संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फ वाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमाल लिम्वुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा उल्लेख गरिए अनुसार ५ जनालाई ७५ प्रतिशत र १० जनालाई ५० प्रतिशत छात्रावृत्ति डिपोट स्कुलले प्रदान गरेको छ ।

डिपो स्कुलमा छात्रवृत्ति प्राप्त गर्ने खेलाडि विद्यार्थीहरुमा प्रिती राई, मिङ्सो लिम्बु, युद्ध लिम्बु, बिबेक राई, सितल तामाङ गरि ५ जनाले ७५ प्रतिशत छात्रवृत्ति पाएका छन भने आयुश राई, सरोज राई, मन्दिप राई, निहाल गजमेर, पौसन चौधरी, नानिम्मा राई, प्रियंका राई, जस्मिना लिम्बु, बिन्दिया राई र श्रेया सुनार गरि १० जनाले ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन्। छात्रवृत्ति प्राप्त गर्ने प्रिति राई र सितल तामाङ प्रदेश १ महिला टिम सदस्य हुन । उनिहरुले सम्झौता पत्रमा सम्झौता गरिएको बुदाँहरुमा सहमति जनाउँदै विद्यार्थी तथा विद्यार्थीका अविभावकहरुले समेत पत्रमा हस्ताक्षर गरेका छन् ।

संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा करिव एक महिना लामो ट्यालेण्ट हण्ट कार्यक्रम सम्पन्न भएको थियो । धरान १६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा राखेपका प्रदेश १ मुख्य प्रशिक्षक बिकास चाम्लिङ राईको नेतृत्वमा हेमन्त राई, नविन राई, युगल लिम्वु, विराज लिम्वु, रन्जित लिम्वु, र सृजन आचार्यले प्रशिक्षण दिइएको थिए ।

विगतको समय देखि नै डिपोट स्कुलले खेल क्षेत्र र शिक्षा क्षेत्रमा लगानि गरे अुनुरुप सफलता पाउदै आइरहेको डिपो स्कुलका प्राचार्य राजकुमार राईले बताए । कार्यक्रममा प्राचार्य राईले डिपोट स्कुल कुनै नाफामुखि संस्था नभएर सामाजिक शैक्षिक संस्था रहेको जनाए । उनका अनुसार खेल क्षेत्रमा हेर्ने हो भने बास्केटबल खेलमा नेपालको प्रतिनिधित्व गर्ने विषेश खेलाडी तथा प्रशिक्षक एवं खेलाडि डिपो स्कुलले उत्पादन गर्न सफल भएका छन ।

एसइइ पश्चात कोभिडको महामारी बिच ट्यालेण्ट हण्ट गर्ने नगर्ने दोधारको बिच सामाजिक सुरक्षालाई अवलम्बन गर्दै ट्यालेण्ट हण्ट सफलता पुर्वक सम्पन्न गर्न सफल रहेको कार्यक्रमका विशेष अतिथि वास्केटवल संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामाले वताए । मोफसलमा डिपोट स्कुल एक मात्र खेलकुदमा ठुलो योगदान दिने विद्यालय रहेको उनले दावी गरे । संघले यसअघि ट्यालेन्ट हन्टका ७ जना विद्यार्थीलाई एम्स एकेडेमिमा छात्रवृतिm प्रदान गरिसकेको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved