कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी

  • भदौ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कोरोना संक्रमणका कारण गत वैशाख महिनामा स्थगित भएको कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी भएको छ ।
सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने तयारी थालेको हो । कोरोनाका कारण शहर बजारमा अध्ययन गरिरहेका विद्यार्थीहरु गाउँ फर्किएकाले उनीहरुलाई घर नजिकैको विद्यालयबाट परिक्षा दिन पाउने गरिको व्यवस्था मिलाउन लागिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ भन्दा फरक जिल्ला या स्थानमा बसोबास गरिरहेका छन् भन्ने विवरण संकलन गर्दैछ । सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समयले नपुग्ने भएकोले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डले जनाएको छ ।

कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय भए विद्यार्थीले आफूू बसोबास गरेको नजिकैको विद्यालयबाट उक्त परीक्षा दिन पाउनेछन् । बोर्डले परीक्षाका विभिन्न विकल्पबाट कक्षा १२ को परीक्षा सञ्चालन गरिने स्पष्ट गर्दै त्यसका लागि सरकारसँग स्वीकृतिको समेत माग गरेको छ । सरकारले परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा तीन साताको हाराहारीमा विद्यार्थीलाई समय दिएर कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved