पाँचौ बास्केटवल ट्यालेण्ट हण्ट सम्पन्न २ दर्जन विद्यार्थीलाई संघको सिफारिसमा छात्रावृति दिइने

  • भदौ २६, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा संपन्न पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको आज समापन भएको छ । समापनको दिन सहभागि दुई दर्जन विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका मेयर तिलक राईले प्रमाण् पत्र वितरण गरेका थिए ।

धरानका एसइइ दिएर बसेका विद्यार्थीहरुको लक्षित गरेर आयोजना गरिने ट्यालेण्ट हण्टबाट हरेक वर्ष २ दर्जन बढी विद्यार्थीलाई धरानको विभिन्न कलेजमा संघको सिफारिसमा छात्रावृती प्रदान गर्दै आएको छ ।

विगत वर्ष जस्तै यस वर्ष पनि २ दर्जन भन्दा बढी विद्यार्थीलाई संघको सिफारिसमा एम्स एकेडेमि र डिपोट कलेजले छात्रावृति प्रदान गर्ने भएको छ । गत वर्षसम्म विभिन्न कलेजहरुसँग सहकार्य गरिए पनि यस वर्ष भने कोभिड १९ को संक्रमणको परिस्थितीको कारण २ कलेज सँग मात्र सहकार्य गर्न पाएको धरान बास्केटवल संघ धरानका सचिव तथा प्रदेश १ बास्केटवल प्रमुख प्रशिक्षक विकाश चाम्लिङ्गले जानकारि गराए । २१ दिन लामो सञ्चालन भएको ट्यालेण्ट हण्ट वाट छात्रवृति प्राप्त गर्ने विद्यार्थी र अविभावक समेतको उपस्थितिमा छिट्रटै विद्यालय र बास्केटवल संघले सम्झौता गर्ने प्रशिक्षक चाम्लिङले जनाए ।

धरान बास्केटवल संघका अध्यक्ष तथा नेपाल बास्केटबल संघ केन्द्रिय उपाध्यक्ष सुरज लामाको अध्यक्षतामा गरिएको उक्त ट्यालेण्ट हण्टको समापन कार्यक्रममा धरान उप महानगरपालिकाका युवा तथा शिक्षा महाशाखाका प्रमुख रमेश शाह, डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राई, बास्केटवल संघ सुनसरीका सदस्य गौरवमान श्रेष्ठ र एन्फा प्रदेश १ सचिव नविन राई विषेश अतिथिको रुपमा रहेका थिए ।

कोरोनाको यो विषम परिस्थितिको बेला ट्यालेण्ट हण्ट गर्ने नगर्ने अन्योलता रहे पनि विद्यार्थीमा रहेको बास्केटवल खेल प्रतिको लगावलाई मध्यनजर गर्दै ट्यालेन्ट हन्टको आयोजना गरिएको संघका अध्यक्ष सुरजकुमार लामाले जनाए । उनले महामारिको बावजुद पनि सामाजिक सुरक्षा अपनाएर हामी कार्यक्रम गर्न सफल भयौँ । यसका लागि विषेश गरि प्रशिक्षक टोली र सहभागी विद्यार्थीहरुलाई धन्यवाद दिए ।

यसै क्रममा एन्फा प्रदेश १ का सचिव नविन राईले कार्यक्रममा बोल्दै धरान खेलकुदको शहर भएको र बास्केटबल पनि धरानको खेल क्षेत्रको एक प्रतिनिधित्व हो । धरानमा अहिले विषेश गरि बास्केटबल र फुटबलको मात्र खेलकुद गतिविधि वढि मात्रामा पाइएको छ । यो खेलकुदको शहर धरानको लागि पुग्दो गतिविधि हैन ।

उनले भने धरानमा अब अन्य खेलको पनि फुटवल र बास्केटबलको जस्तै गतिविधि हुनु पर्छ । भर्खरै मात्र पनि धरानकै बास्केटवल प्रशिक्षक विकाश चाम्लिङ्गको प्रशिक्षणमा रहेको राष्ट्रि«य महिला बास्केटबल टोलीले १३औँ सागमा पदक जित्न सफल भएको उनले स्मरण गराएका थिए ।

डिपोट स्कुल हाता भित्र सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि तिलक राईले भने खेलकुद मानव स्वास्थ्यको लागि पनि एकदमै महत्वपुर्ण पाटो रहेको बताए । यसर्थमा खेलकुदलाई आफ्नो प्राथामिकतामा राखि छात्रावृति प्रदान गर्ने कलेजहरुलाई विषेश धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा मेयर तथा प्रमुख अतिथि राईले भने सहभागी विद्यार्थी भाइबहिनीहरु अब विद्यार्थी मात्र नभएर धरानको खेल क्षेत्रको गहना भएकोले शिक्षा सँगै खेललाई पनि अगाडी बढाउन सुझाव दिएका थिए ।

प्रदेश १ बास्केटवलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा श्रावण १ देखि २१ गते सम्म धरान १६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा ट्रयालेन्ट हन्ट सम्पन्न भएको थियो । उनलाई प्रदेश १ बास्केटवल टिम क्याप्टेन नविन राई, हेमन राई, युगल लिम्वु, विराज लिम्वु, भोजराज लिम्वु लगायतले प्रशिक्षणमा सहयोग पुर्याएका थिए ।basketball

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved