बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम

  • भदौ २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा, २४ भदौ/ सल्लेरी साहित्य सङ्गम धनकुटा र राईटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित बृहत अनलाइन गजल प्रतियोगितामा ललितपुरका चिरन्जीवी सिग्देल प्रथम भएका छन् ।

प्रतियोगितामा बाराकी सरु बस्नेत द्वितीय, झापाका हरी पराजुली तृतीय घोषित भएका छन् । त्यस्तै प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ् शेर्पा अविरल र धनकुटाका सुर्य चापागाईले प्राप्त गरेका छन् । मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको थियो । अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो ।

जसमा स्थापित गजलकार मधु पोखरेल र टीका आत्रेय रहेका थिए । नजिताको घोषणा गर्दै निर्णायक समितिका संयोजक अधिकारीले पछिल्लो समयमा गजल प्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरे । नजिता सार्वजनिक कार्यक्रममा राईटर ईन्टरनेशनल युएसएका अध्यक्ष अग्रज साहित्यकार गीतकार ज्ञानेन्द्र गदालले शुभकामना तथा आफ्ना रचना प्रस्तुत गरेका थिए । सोही अवसरमा चर्चित गायक कुवेर राई, साहित्यकार डीपी परिश्रमी लगायतले अनलाईन मार्फत नै प्रस्तुति दिएका थिए । प्रतियोगितामा नेपाल, अमेरीका, भारत लगायतका गजलकारहरुको सहभागीता थियो ।

विजेताले नगद सहित जनही दुई हजार मुल्य बराबरको साहित्यिक पुस्तक र प्रमाण–पत्र प्रदान गरिएको आयोजक संस्था सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले बताए । पुस्तक हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान भरतपुरले उपलब्ध गराएको छ ।

आयोजक दुवै संस्थाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको श्रद्धाञ्जली स्वरुप कविता वाचन र गत भानु जयन्तीमा पनि रामायण वाचन प्रतियोगिता समेत आयोजना गरेको राईटर ईन्टरनेशनल (युएसए) उपाध्यक्ष राजेन्द्र गुरागाईले बताए । यसैगरी आगामी कात्तिक २९ गते महाकवी लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा बृहत कविता प्रतियोगिता आयोजना गरिने जनाईएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved