रोङको प्यूरेमा पहिरो, बस्तीनै जोखिममा

  • भदौ २४, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ रोङ गाउँपालिका ४ का भिम बहादुर मगरको घर जग्गा पहिरोमा पर्यो । उनको आफ्नो घरको आँगनमा पहिरोको चिरा–चिरा छ । चार वर्ष अघि आफ्नो घर पहिरोको जोखिममा परेपछि छिमेकिको घरमा बस्दै आएका भिम बहादुर आफू बस्दै गरेको छिमेकिको जग्गा पनि पहिरोको जोखिममा परेपछि बिचल्लित बनेका छन् ।

रोङ ४ कै टेकबहादुर मगरको घर पनि पहिरोमा पर्यो । शारिरिक रुपमा अशक्त र परिवारमा कोहि पनि नभएको कारण एक्लो जीवन चलाईरहेका टेकबहादुर पहिरोले घर बगाएपछि घरबिहीन बनेका छन् । सोही ठाउँका नर बहादुर बस्नेत बुबाको नाममा भएको ६० रोपनि जग्गा पहिरोमा पर्यो अब घर बस्ने जग्गा पनि नभएको भन्दै आँखा भरि आँशु झार्छन् । नरबहादुरको घरको पेटिमा पनि चिरा–चिरा भएर जमिन फाटेको छ ।

उक्त ठाउँकै खड्ग बहादुर राईको चार रोपनी, बल बहादुर मगरको तीन रोपनी, याम प्रसाद मगरको चार रोपनी र हस्तकुमारी मगरको तीन रोपनी जमिन पहिरोको चपेटामा छ ।

इलामको रोङ गाउँपालिका–४ प्युरेमा गएको पहिरोको कारण सिङ्गो गाउँनै जोखिममा छ । पहिरोले कतिबेला घर बगाउने भन्ने चिन्ताले वषौ वितिसकेको छ ।

करिव १ सय घरधुरी रहेको प्यूरे गाउँको एकपट्टिको पूरै भाग पहिरोले बगाइसकेको छ । जसमा २५ घर रहेकामा पहिरोले १३ घरपरिवार विस्थापित बनाई सकेको छ । पहिरोका कारण सन्तबहादुर लाप्चा, भक्तबहादुर लाप्चा, भीमबहादुर मगर, बलबहादुर मगर, धनराज मगर, टंक बस्नेत, नरबहादुर बस्नेत, भूवन बस्नेत, गणेश बस्नेत, खड्गवहादुर राई, टेकबहादुर मगर, इन्द्रबहादुर मगर र दिलबहादुर राईको घर पूर्ण रुपमा बिस्थापित भएका छन ।

२०६६ साल देखि पहिरो जान शुरु गरेको थियो । पहिले बगुवा (पानी र माटो सँगै बगिरहने) बाट शुरु गएको पहिरो अहिले नियन्त्रण हुन नसक्ने अवस्थामा रहेको रोङ गाउँपालिका ४ का वडाध्यक्ष सूर्य बहादुर राई बताउँछन । उनी भन्छन “यस वर्ष मात्रै चार घर पहिरोमा परे । अघिल्लो वर्ष सम्ममा ९ घर बगाएको जमिननै एक फुट भन्दा धेरै भासिएको छ ।” यस वर्ष पहिरोको जोखिममा परेका चार घरलाई सोहि वडामा रहेको चन्द्रकला आधारभूत विद्यालयमा बसेका छन । घर पहिरोमा परे पछि विद्यालयमा गएर बसे पनि पहिरो विद्यालय पनि जोखिममा रहेको स्थानीयको भनाई छ ।

गाउँपालिकाको बसोबास व्यवस्थापन समितिले गाउँपालिकामा प्रतिबेदन पनि बुझाईसकेको छ । पहिरोको जाखिम क्षेत्रमा रहेका मानिस पालिकाले जग्गा व्यवस्थापन गर्दा आफ्नो गाउँ नजिकै गर्नुपर्ने स्थानीयको माग भएका कारण पनि समस्या भईरहेका गाउँपालिकाका अध्यक्ष समशेर राईको भनाई छ । नजिकै गाउँपालिकाले जग्गा व्यवस्थापन गर्न खरिद प्रक्रिया झन्झटिलो हुन्छ । जग्गा खरिदका लागि संघिय मन्त्री परिसदले निर्णय गर्नुपर्ने हुन्छ । गाउँपालिकाले चाहेर पनि खरिद प्रक्रिया समस्यामा रहेको राईको भनाई छ ।

पहिले पहिरोमा परेका कति परिवार आफन्तकोमा छन त कति छिमेकमा टहरो बनाएर बसेको वडा अध्यक्ष बताउँछन । हरेक वर्ष चुरे क्षेत्रका बासिन्दा पहिरोको चपेटामा पर्ने गर्छन । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा पनि चुरे क्षेत्रका बासिन्दा जोखिममा पर्ने गरेका छन ।

गाउँपालिका तल्लो भाग प्यूरेमा गएको पहिरो वर्षेनि बढिरहेको कारण अहिले सिङ्गो बस्ती नै जोखिममा छ । २०६६ साल देखि पहिरो खस्न शुरु गरेपनि ०७३ सालबाट पहिरोको क्षेत्र फराकिलो बन्दै गयो । पहिरो जाने क्रम अहिले पनि नरोकिएका कारण सिङ्गो बस्ती नै जोखिममा परेको छ ।

poiro (1)

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved