इटहरी । कोरोना संक्रमणको जोखिम पुरै शहर बजार बन्द छ । आम नागरिकहरु मा अभाव बढदै गएको छ । यस्तो अवस्थामा सहयोगी भित्ता अभाबमा रहेका नागरिकलाइ सहयोग प्रदान गर्न तल्लिन रहेको छ । मुख्य राजमार्ग संगै जोडीएको इटहरी स्थित रेयुकाइ चौतारी भित्र एउटा सानो छाप्रोमा रहेको छ, सहयोगी भित्ता । झट्ट हेर्दा सामान्य र सानो कटेज जस्तो देखिएपनि यो मनकारी हृदय भएका ब्याक्तिहरूले निस्वार्थ रूपमा सेवा गर्नका लागि स्थापना गरिएको एक संस्था हो ।
२०७६ साल साउन १४ गते स्थापना भएको यो संस्थाले जनताको सेवाका लागि भनेर समर्पित संस्था मानिदै आएको सहयोगि भित्ता स्थापनाको छोटो समयमै चर्चित रहेको छ ।
`हुनेले दिएर जाउ, नहुनेले सित्तैमा लिएर जाउ´ भन्ने नारा लेखेर सञ्चालनमा आएको सहयोगि भित्ताले बिभिन्न समयमा सामाजिक कामहरू गर्दै आएको छ । संस्थाले शरिरमा कपडा नहुनेलाइ निशुल्क लता कपडा प्रदान गर्दै आएको छ भने अहिले कोरोना भाइरसको महामारीबाट शहर नै ठप्प बनेको अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा इटहरीवासीहरूलाइ खाद्यान्न , मास्क , सेनिटाइजर बितरण गर्दै आएको छ ।
भाइरसको महामारीले नियमित कामकाज संगै पसलहरू ठप्प हुदा दैनिक मजदुरी गरेर घर चलाउनेहरू मार्कामा परेपछि थप समस्या उत्पन्न हुन नदिन उक्त संस्थाले वार्डहरूमा गएर खाद्यन्न चामल , नुन , तेल , चिनी , चना मटर , चिउरा , मस्यौरा , बितरण गर्न थालेको छ । अहिले सम्म इटहरी उपमहानगर ६ मा २०५ जना , इटहरी ९ मा २०० जना लाई राहत बितरण गरि सकेको छ ।
इटहरी लगायतका आसपासका क्षेत्रहरूमा पनि आवस्यकीय खाद्यान्न बितरण गरिएको सहयोगी भित्ताका अध्यक्ष भरत किशोर श्रेष्ठले बताए । दोश्रो पटक सम्म अवस्था हेरेर लकडाउनबाट पुर्ण रूपमा प्रभावित बनेकाहरूलाइ राहत स्वरूप खाद्यान्न बितरण गरिएको संस्थाका सचिव दिनेश कोइरालाले बताए ।
त्यस्तै इटहरी क्षेत्रमा रहेका मज्दुर तथा बिपन्न वर्गहरूको बिवरण संकलन गर्ने काम भइरहेको र पुनः खाद्यान्न बितरण गरिने संस्थाका सललाहाकार राजु केसीले बताए ।