विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईलाई बल्लतल्ल अस्पताल छिराईयो । आफन्तले लाख कोसिस गरेर अस्पताल त पु¥याए नी ! तर, उपचार नपाएपछि के गरेर श्वास अडिन्थ्यो र ?
राईमा कोरोना र त्यस्को केही लक्ष्यण थिएन । रै पनि कोरोनाका बिरामी राखिने अस्पतालको आईसोलेसन वार्डमा अन्तिम श्वास फेर्नु प¥यो । प्रदेश १ का ‘गनिएका र आफूलाई अब्बल’ दाबी गर्ने पाँचवटा अस्पताल पुग्दा र उपचारको समय हुँदासमेत भर्ना नै हुन पाइनन् । अन्तत प्रदेशकै राजधानी विराटनगरको कोशी अस्पतालमा राईको प्राणपखेरु उड्यो ।
पिसाब रोकिएर राईलाई बुधबार साँझ निकै अफ्ठेरो महसुस भयो । परिवारले हतार हतार साँझ ८ बजेतिर पथरीको मोरङ डाइग्नोष्टिक सेन्टरतर्फ लगे । तर, त्यहाँ उपचार सम्भव हुने देखिएन ।
चिकित्सकले ठूलो अस्पताल लैजान सुझाव दिए । बिर्तामोडको बिएण्डसी अस्पाल ‘रिफर’ गरिदिए । एम्बेलेन्समा चढाएर बिर्तामोड लगियो । तर, त्यहाँको अस्पतालले ‘भर्ना लिन्नौं अन्तै लैजानुस’ भनिदियो । परिवार बिलखबन्दमा परे । ‘यति ठूलो अस्पतालले त भर्ना लिएन अब कता लैजानु ?’
एम्बुलेन्स बिर्तामोडबाट फेरि पश्चिमतर्फ हुइँकियो । पथरी–बिर्तामोड–इटहरी र त्यसपछि विराटनगर धाउँदा राति करिब दुई सय किलोमिटर यात्रा गर्नु पर्यो ।
इटहरीबाट एम्बुलेन्स दक्षिण प्रदेश १ को राजधानी विराटनगरतर्फ मोडियो । मध्यराति अर्को ठूलो अस्पताल विराट मेडिकल कलेजको गेटमा पुगेको एम्बुलेन्स भित्र छिर्न पाएन । विराटले पनि भर्ना लिएनन् । यो अस्पताल विराटनगरबाट मास्तिर धरान–विराटनगर राजामार्गमै सटिएको छ ।
छोरी मेनुका राईले भनिन्,“पिसाब रोकिएको पीडाले आमा एम्बुलेन्समै हर्याक हर्याक हुन थाल्नुभयो । त्यसपछि मैले चालकलाई हिंड अर्को अस्पताल जाउँ भनें ।” परिवारले विराटनगरकै विराट नर्सिङ होममा बिरामी पु¥याए ।
त्यहाँ पनि भर्ना हुन दिएनन । फेरि गोल्डेन अस्पताल लगियो । ‘गेटपालेले’ आकस्मिक कक्षमा प्रवेश निषेध गरे । ‘यहाँ हुँदैन अन्तै जानहोस’ भनिदिए ।
बिहान ४ बजेतिर र्रालाई बल्ल सरकारी स्वामित्वको कोशी अस्पताल लगियो । कोशीले पनि भर्ना गर्न मानेन् । “बिरामीलाई तलमाथि भए हामी जिम्मेवार हुन्छौ भन्यौं,” छोरी मेनुकाले भनिन्,“त्यसपछि बल्ल आईसोलेसनमा छिराए तर आमा आधा घण्टामै बित्नुभयो ।” उपचार पाइने आसमा रातभर अस्पतालका गेट गेट चर्हादा चहार्दै सानकुमारीले यो पृथ्वीबाट सदाका लागि विदा लिनु प¥यो ।
उदयपुर बेलका नगरपालिका–१ का २३ वर्षीय पदम राईको त एम्बुलेनसमै ज्यान गयो । श्रीमती र बहिनीले रातभर अस्पताल अस्पताल दौडाए । भर्ना गर्ने प्रयास गरे । तर न कुनै अस्पतालले भर्ना लिए न डाक्टरले नै हेरे । ‘कोरोनासंग मिल्दोजुल्दो लक्ष्यण देखिएको’ अस्पतालले दाबी गर्दै फर्काएका थिए । तर, उपचार गर्न प्रदेशको राजधानी आउँदासमेत उपचार पाएनन । रातभर दौडिएर बिहानीपख कोशी अस्पतालको आकस्मिक कक्ष अगाडि एम्बुलेन्स अडिएको थियो । त्यहीं भित्रै श्वास रोकियो । कोशीले ‘आईसोलेसनमा भर्ना गर्न लाग्दालाग्दै मृत्यु भयो’ भन्दै हलुवा प्रस्टीकरण दियो ।
अस्पताल परिसर छिरेपछि त बाँचिएलका भन्ने लागे पनि पदमको धड्कन अडियो । शरीर एकाएक चिसो भयो । हातगोडा चलेनन् । उनी पनि उपचार नपाई मरे । तर, मरेपछि भने पीपीई लगाएका स्वास्थ्यकर्मी आए । एम्बुलेन्सबाट लास झिके । स्वाब लिए । परीक्षण गर्न पठाए । रिर्पोट नेगेटिभ आयो ।
संगै आएका श्रीमती र बहिनीको पनि स्वाब लिइयो । तर कसैमा कोरोना देखिएन । “कोरोना रहेनछ लास घर लैजानुस भन्दै पठाए,” श्रीमतीले भनिन्,“भर्ना गरेर उपचार गरिदिएको भए त मेरा श्रीमान बाँच्ने थिए होला । के भएर मरे मरे पत्तै भएन ।” कोसी अस्पतालको आईसोलेसन वार्डका संयोजक डा. लक्ष्मीनारायण यादव कोरोनाका कारण मिल्दोजुल्दो लक्ष्यण भएका बिरामीलाई तुरुन्त भर्ना गर्न कठिन हुने बताउँदै भन्छन्,“आइसोलेसनमा भर्ना गरेर तुरुन्त कोरोना परीक्षण गर्न पठाउँछौं । नेगेटिभ रिर्पोट आउनेको उपचार शुरु भईहाल्छ । पोजेटिभ हुनेलाई अन्यत्र रेफर गर्छौ ।”
भदौ ६ गते सुनसरीको कोशी गाउँपालिका–२ का अध्यक्ष हिरालाल यादवको हविगत पनि उस्तै बन्यो । उनले पनि उपचार पाएनन । घरमै हृदयघात भएपछि परिवारले वीपी प्रतिष्ठान धरान लगे । भर्ना लिएन । त्यहाँबाट बिर्तामोडको बिएण्डसी लगियो । त्यहाँ पनि उपचार भएन । अन्ततःअस्पताल डुलाउँदा डुलाउँदै उनको पनि ज्यान गयो । अस्पतालले भर्ना लिएको र समयमै उपचार पाएको भए यादव बच्ने थिए भन्दै परिवारले गुनासो गरेका छन ।
प्रदेश १ का ठूला अस्पतालले कोरोनाको बाहना बनाएर अन्य रोगीलाई भर्ना नगर्दा अकालमै ज्यान जाने क्रम बढ्दो छ । पहिले कोरोना परीक्षण गराउनु पर्ने भन्ने सर्तले अरु रोग लागेकाले उपचार नै नपाउने खतरनाक अवस्था बढ्दै गएको छ । यसबारे सरकारले गरेका प्रयास समेत विफल बनेका छन ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अस्पतालहरुलाई बिरामी भर्ना गर्न निर्देशन दिएपनि त्यसको पालना हुन सकेको छैन । निजी अस्पतालले कोरोना बाहना बनाएर बिरामी फर्काउने क्रमले मृत्यु हुनेको संख्यासमेत थपिंदो छ ।
विराटनगरको नोबेल अस्पतालले बन्द इमरजेन्सी सेवा सूचारु भएको जनाएपनि कठिन अवस्थाका अन्य रोगीलाई भर्ना हुन त्यहाँ पनि कठिन हुने गरेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले “बिरामीको अवस्था हेरेर भर्ना लिने र उपचारको व्यवस्था गर्दै आएको” बताएका छन ।
तर, नोबेलले पनि बिरामीलाई फर्काउने गरेको छ । दाहाल भन्छन्,“अस्पताल पुगेका बिरामीले उपचार पाउनु उसको अधिकार हो ।”