काठमाडौँ ।उपप्रधानमन्त्री एवम् गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल होम क्वारेन्टाइनमा बसेका छन् ।
कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनेको कोभिड १९ संकट व्यवस्थापन केन्द« (सिसिएमसी)को कार्यलयमा काम गर्ने एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुबै मन्त्रीहरु होम क्वारेन्टाइनमा बसेका हुन् ।
हाल क्वारेन्टाइनमा रहेका दुवै मन्त्रीको पिसिआर परिक्षण गरिने उनीहरुको सचिवालयले जानकारी दिएको छ ।