किबीबाट बनेको प्रिन्सेस वाईन बजारमा आउँदै

  • भदौ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । धनकुटाको किबी फलबाट उत्पादन भएको प्रिन्सेस वाइन बजारमा आउने भएको छ ।
माउण्ट एभरेष्ट वाइनरीको उत्पादन ‘प्रिन्सेस’वाइन लकडाउनकै बीच बजारमा लौजाने तयारी गरेको छ ।

केहि दिनमै नेपालको प्रमुख सहरहरु सँगै नेपाली बजारमा वाइन र्पुयाउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु बास्तोलाले बताए । उनले भने, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको किबी फल सँगै अन्य फलफूलबाट उत्पादन गरेको प्रिन्सेस वाइनको बजारीकरणको तयारी गरेका छौं ।’

उत्पादनको काम सबै सकिएको र बजारमा लौजान मात्र बाँकी रहेको उनको भनाई छ ।

उनले भने, लकडाउनको कारण हामीले उत्पादन गरेको वाईन बजारमा लौजान सकेको थिएनौ, हामी अब केहि दिनमै वाईन बजारमा लौजादै छौ ।’ युवाहरुलाई लक्षित गरि उत्पादन गरेको वाईन अन्य वाईन भन्दा फरक रहेको कम्पनीले बताएको छ ।

किबी र धनकुटामै उत्पादन भएको फलफूल बाट बनाइएको अर्गानिक प्रिन्सेस वाईनको पूर्वी नेपाल सँगै पोखरा र काठमाडौं बाहिर सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रसम्म बजारीकरण तीब्र बनाईने कम्पनीले जनाएको छ । नेपालको प्रमुख शहरहरुमा व्यापार केन्द्रित गर्दै जापान सम्म लौजाने तयारीमा रहेको उनले बताए ।

धनकुटाको राजारानीमा माउण्ट एभरेष्ट वाइनरी उद्योग स्थापना भएसँगै स्थानीय कृषक लाभान्वित भएका छन । रातो र सेतो वाईन बजारमा लौजाने तयारी भएको कम्पनीका अध्यक्ष हरेराम साहले बताए ।

उनले भने, हाम्रो वाईन नेपाली युवा यवतीले मात्र नभई विदेशीले पनि मन पराउँछ ।’ पहाडी क्षेत्रमा उत्पादित सबै आर्गनिक फलफूललाई पहिलो प्राथमिकता दिएर उत्पादन गरेको वाईनको बजारमा लैजाने अन्तिम तयारी भएको कम्पनीले जनाएको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved