धनकुटामा दुई बालिका बलात्कृत

  • भदौ ४, २०७७
  • "सन्तोष रुचाल"
alt प्रतीकात्मक तश्वीर

धनकुटा, ४ भदौ / धनकुटामा दुई बालिका बलात्कृत भएका छन् । पाँच दिनको अन्तरमा दुई बालिकामाथि बलात्कार भएको हो ।
ती बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा दुवै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।

साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा खोजतलास गरी पक्राउ कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले बताएको छ । राई विवाहित हुन् । उनको एक जना बच्चा रहेको छ ।

त्यस्तै धनकुटा नगरपालिका–२ की एक १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका–१ का १९ वर्षीय निकेश तामाङ (तितुङ) लाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरेको छ ।

साउन २७ गते बालिकालाई बलात्कार गरी फरार रहेका तामाङलाई भदौ ३ गते पक्राउ गरी आवश्यक कारवाही अगाडी बढाएको एसपी अधिकारीले बताए । घटना पश्चात् फरार भई विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका तामाङलाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धानको लागि अदालतबाट एकहप्ताको म्याद थप गरेको छ । उनलाई पीडितको आफन्तले दिएको उजुरीको आधारमा खोजतलास गरी पक्राउ गरेको थियो ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved