प्रदेश १ मा आज १ सय २३ संक्रमित थपिए

  • भदौ ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, ३ भदौ । प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ । झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टी भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।

प्रदेश १ मा आज २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved