लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने

  • भदौ २, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा, २ भदौ / लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ ।

लकडाउनका कारण उद्योग, व्यापार व्यावसाय धारासायी बन्दै गएकाले व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले यस आर्थिक बर्षको सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णरुपमा व्यावसाय संचालन हुन नसक्दा अहिले उद्योगी, व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले संघको तर्पmबाट पनि सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको संघका महासचिव रामबहादुर गोङ्वा तामाङले बताए ।

सरकारसँग व्यावसायीहरुलाई लकडाउनका कारण थलिएका व्यावसायीहरुलाई व्यावसाय पूर्ण रुपमा सूचारु गर्न आकस्मिक कर्जा, सहुलिय कर्जा, लगायतका कर्जा उपलब्ध गराउन समेत धनकुटा उद्योग वाणिज्य संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले पनि प्यानमा दर्ता भएका साना व्यावसायीहरुलाई ७५ प्रतिशतसम्म छुट दिएको र प्यानमा दर्ता गरी लामो समय अघिदेखी नवीकरण नगरेका र प्यानमा दर्ता नगरी व्यावसाय संचालन गरी रहेका व्यावसायीहरुलाई पनि नवीकरण र करमा दर्ता गर्नका लागी विशेष छुट दिइएकोले समयमा नै दर्ता गर्न उद्योग वाणिज्य संघ धनकुटाले आग्रह गरेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved