झापा गाउँपालिकाका बाढी पिडितलाई इसाई समाजको राहत

  • साउन ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । अविरल वर्षाका कारण आएको बाढीले विस्थापित बनेका झापा जिल्लाको झापा गाउपालिका वडा नम्वर १ र २ का बाढिपीडितहरुलाई प्रदेश १ इसाई समाजले राहत वितरण गरेको छ ।
केही दिन देखि अविरल वर्षाका कारण विस्थापित बनेका १ सय १० घरपरिवारलाई राहत वितरण गरेको हो । शुक्रबार समाजले क्वीक रेस्क्यु टिम नेपालको सहकार्यमा कन्डक्ट टिम नेपालको सहयोगमा झापा गाउपालिकाको समान्वयमा राहत बितरण गरेको समाजका महासचिव मेहरमान ह्युज गिरिले जानकारी दिए ।

झापा गाउपालिकाको वडा नम्वर १ र २ का १ सय १० घर परिवार बिस्थापित भएपछी उनिहरुको दैनिकिमा समस्या भएको थियो । उनीहरुलाई प्रती घर परिवार २५ केजी चामल, दाल, २ लिटर तेल र नुन उपलब्ध गराएको समाजका अध्यक्ष बिक्रम एक्तेन लिम्बुले बताए । स्थानिय वडा सङ्ग समन्वय गरेर आयोजना गरिएको राहत कार्यक्रममा वडा नम्वर १ का वडाध्यक्ष राजा कुमार यादव र २ का नेत्र खडका को पनि उपस्थित रहेको थियो ।

खड्काले बर्षौ देखी बाढि का कारण हजारौ बिगा खेतीहरु कटान हुँदा धेरै क्षति भएको र स्थानीयले सास्ती भोग्नु परिरहेको बताए । समस्याको स्थाई समाधान खोज्ने आश्वासन दिए । कार्यक्रममा समाजका उपाध्यक्ष तथा कन्डक्ट टिम नेपालका अध्यक्ष बिनोद मुर्मु, संयोजक बिरेन्द्र किस्कु, समाज का उपाध्यक्ष एनोस गजमेर, झापा जिल्ला इसाई समाजका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । समाजका अध्यक्ष लिम्बुले साहयोगि हात हरुलाई धन्यवाद दिदै समाजले आफ्नो सामाजिक दायित्व पुरा गर्नको लागि अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आएको बताए ।

समाजले यस अघि पनि संखुवासभाका पहिरो पीडित, खोलाले बगाएर मृत्यु भएको तेह्रथुमकी अन्जु लिम्बुको परिवार र मोरङ्गका बाढि पीडितहरुलाई राहत प्रदान गरेको थियो ।

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

धरानमा पहिलोपटक महिल ...

धरान/  धरानमा पहिलोपटक महिला क्लबस्तरीय फुटबल ...

धरानमा एसईई आइडल सिज ...

सुनसरी/धरानमा एसईई आइडल सिजन–५ को ग्रान्ड फिनाले ...

कोशी नदीको पानी ल्या ...

धरान/ धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved