विराटनगरमा थप १३ जनामा देखियो कोराना संक्रमण

  • साउन २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो ।

महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर–२, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिहरुमा कोरोना देखिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“संक्रमितको पहिचान गर्ने र अस्पताल भर्ना गर्न लैजाने प्रक्रिया शुरु गरिसक्यौं ।”

कार्कीका अनुसार उनीहरु सबैको बुधबार अबेर रिर्पोट आएको थियो ।
संक्रमितहरु ८ पुरुष र ५ महिला रहेका छन । विराटनगरमा कोरोना कोरोना संक्रमितको संख्या १८२ पुगेको छ ।

महानगरले विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण पुगेको भन्दै पुनः लकडाउन घोषणा गरेको छ । कोरोनाबाट विराटनगर वडा नम्बर ५ र ९ का दुई जना पुरुषको मृत्यु भईसकेको छ ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved