विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो ।
महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर–२, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिहरुमा कोरोना देखिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“संक्रमितको पहिचान गर्ने र अस्पताल भर्ना गर्न लैजाने प्रक्रिया शुरु गरिसक्यौं ।”
कार्कीका अनुसार उनीहरु सबैको बुधबार अबेर रिर्पोट आएको थियो ।
संक्रमितहरु ८ पुरुष र ५ महिला रहेका छन । विराटनगरमा कोरोना कोरोना संक्रमितको संख्या १८२ पुगेको छ ।
महानगरले विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण पुगेको भन्दै पुनः लकडाउन घोषणा गरेको छ । कोरोनाबाट विराटनगर वडा नम्बर ५ र ९ का दुई जना पुरुषको मृत्यु भईसकेको छ ।