कोरोनाबाट बुधबार मोरङमा दुई जनाको ज्यान गयो

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको ज्यान गएको छ ।
कोशी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।
गुद्रीका पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए । यसैगरी रंगेलीका ४५ वर्षीय पुरुषमा श्वास प्रश्वासको समस्या भएपछि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो । मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पताल आइसोलेशन विभागका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले बताएका छन् ।

योसंगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी नगरपालिका ८ का पुरुषको धरानमा मृत्यु भएको थियो ।

यसैबीच उपचारको क्रममा मृत्यु भएका विराटनगरका पुरुषका आफन्तले कोशी अस्पतालका चिकित्समाथि हातपात गरेका छन् । जन्डिस र दुखाईको समेत समस्या लिएर आएका पुरुषलाई चिकित्सकले आईसोलेसनमा राखेर उपचार शुरु गरेका थिए । तर, मृत्यु भएपछि स्वाब परीक्षणको नतिजा नआउन्जेल शव लान नमिल्ने भनेपछि आफन्तले चिकित्सकमाथि नै हातपात गरेका हुन ।
अस्पतालका फिजिसियन डा.दिपक सिग्देलले संक्रिमितको सम्पर्कमा रहेका व्यक्तिहरुबाट चिकित्स र स्वास्थ्यकर्मीहरुमाथि हातपात भएको बताए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved