कोरोनाको कहरमा गाईजात्रा पर्व

  • श्रावण २०, २०७७
  •  मोहन श्रेष्ठ
alt

 धरान । यस वर्ष नेवार समुदायले आफ्नो मैलिक पर्व गाईजात्रा सामुहिक रुपमा मनाउन पाएनन् । सरकाले कोरोना संक्रमणका कारण मेला पर्व भिडभाड नगर्न अनुरोध गरेको हो । आ आफ्नो घरमा परिवार परिवार मात्र भेला भएर मनाउने नेवाः देय् दबू धरानले पनि निर्णय गरेको छ ।

कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न डब्लु एच ओले भनेका सम्पूर्ण सावधानी अपनाउन सवैलाई दबू धरान नगर कमिटिका अध्यक्ष मनोहर शाक्यले अनुरोध गरेको छ । गाईजात्रा पर्वमा आफ्ना एक वर्ष भित्र दिवंगत भएका परिवारजनको स्मृतिमा गाई निकाल्ने गरिन्छ । मृतकको फोटा सहित कुमार केटालाई सिगारेर गाईको मुकुट लगाएर नगर परिक्रमा गरिन्छ । कसै कसैले साच्चैको गाईलाई नै नगर परिक्रममा गरी उक्त गाई दान दिने पनि गर्दछन् । गाई सँगै जोगीको भेषधारी मानिस र राम कृष्ण जस्ता भगवानको भेषमा मानिसलाई सजाउने पनि गर्दछन् । भजन कृतन पनि गर्दछन् धरानमा सिद्धि नेवा परिषद्को आयोजनामा सामुहिक रुपमा गाईजात्रा निकाल्ने गरिन्थ्यो ।

तर यस वर्ष निकाल्न नसकिएको सिद्धि नेवा परिषद्का अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले वताए । गाईजात्राकै दिन बेलुकी शोकाञ्जली रामायण निकाल्ने चलन छ । शाकाञ्जली रामायणभा भगवान रामको गाथा होईन दिवंगत हुनु भएकाहरुको जीवन गाथा गाउने गरिन्छ । धरानमा विभिन्न खलः पुच र समुहले लाखे पनि नजाउने गर्दथ्यो । नेवाः दय् दवूले लाखे नाच प्रतियोगिता पनि गर्ने गर्दथ्यो ।

धरानको धुलिखेल समाजले पनि सहभागी गाईहरुलाई आफ्ना दिवंगत भएका पितृहरुको नाममा पानी फलफुल तथा पैसा दान दिने कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो । त्यस्तै खड्गी सेवा समिति धरानले पनि विभिन्न जात्रा र घिन्सान घिसिङ्ग नाच देखाउने गर्दथ्यो । यो पर्व प्रत्येक नेपाल सम्बत अनुसार गुंलागाः पारु आर्थात वर्ष भाद्र शुक्ल प्रतिपदाका दिन पर्दछ । यस पर्वलाई सापारु पनि भन्ने गर्दछन् । यसको अघिल्लो दिन क्वाति पून्ही आर्थात जनै पूर्णिमाको भोलिपल्ट पर्दछ ।

यस दिनलाई हास्य व्यग्यको पर्वका रुपमा पनि लिने गर्ने छ । विभिन्न नेता तथा जिम्मेबार व्यक्तिहरुलाई व्यग्य गरी अनियमितता, भ्रष्टचार र अकुसल कार्यको भण्डाफोर गर्ने गरिन्छ । मल्ल राजा प्रताप मल्लको छोराको मृत्यूले रानी भाव विहोल बन्न पुगेकी थिईन ।हाम्रो मात्र होईन अरुको पनि धेरैको परिवारका सदस्य मर्ने गर्दछन् भनेर देखाउन यो गाईजात्रा पर्वको शुरुवात गरिएको मानिन्छ ।

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved