विराटनगरमा नापीका कर्मचारी र कारागारमा पनि संक्रमण

  • साउन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरमा आईतबार १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
सामाजक विकास मन्त्रालयका अनुसार ७ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार कोरोना पुष्टि हुनेमा नापी कार्यालय विराटनगरका कर्मचारी र विराटनगरस्थित मोरङ कारागारका दुई जनामा संक्रमण देखिएको छ । मोरङ जिल्लामा आईतबार १७ जनाको पोजेटिभ रिर्पोट आएको छ ।

नापी कार्यालयका खरिदार र एक सुरक्षागार्डलाई संक्रमण देखिएको हो । कारागारका सुरक्षाकर्मी हुन वा कैदी भन्ने खुल्न बाँकी छ । मन्त्रालयका अनुसार मोरङको कटहरी गाउँपालिकाका दुई जना, बुढीगंगा गाउँपालिकाका एक जना र ग्रामथान गाउँपालिकाको एक जनामा कोरोना देखिएको हो । सुनसरीको धरानस्थित क्वारेन्टाइनमा बसेका १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

विराटनगरमा कोरोना संक्रमितको संख्या १२१ जना पुगि सकेको छ । संक्रमण समुदायस्तरमा गएको निक्र्योलपछि महानगर क्षेत्रमा शनिबार मध्यरातदेखि १५ दिनको लागि लकडाउन घोषणा गरिएको छ ।

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved