मंहगो मूल्यमा बिक्ने अनौठो लागूऔषधसहित मोरङमा एक जना पक्राउ

  • श्रावण १४, २०७७
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । मोरङमा प्रहरीले नेपालमा यसअघि बरामद नगरिएको तर विश्व बजारमा निकै महंगो मूल्यमा किनबेच हुने लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका वडा नं २ बरगाछी चौकबाट लागूऔषधको कारोबारी मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं ८ बस्ने वर्ष ४२ को राजन भनिने रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।

को ३७ प ८३१६ नं को मोटरसाईकलमा सवार भईरहेको बेला उनलाई धरान विराटनगर सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आईरहेको अवस्थामा जि.प्र.का. मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले नियन्त्रणमा लिई चेकजाँच गरेको थियो । त्यस क्रममा उनले बोकेको कालो झोलाभित्र सेतो प्लास्टिकमा प्याकिङ गरी राखेको अवस्थामा अवैध लागूऔषध मेथमफेटामाईन आईस २२२ ग्राम बरामद गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजले आफ्नो घरमा समेत उक्त लागू औषध रहेको जानकारी गराएका थिए । खानतलासी गर्दा २ तले घरको माथिल्लो तलामा कोठा भित्र रहेको आल्नामा प्लास्टिकको झोलामा झुण्डाएको अवस्थामा दुई ओटा पोकामा थप ३०८ ग्राम मेथमफेटामाईन आईस बरामद भएको प्रहरीले जनाएको छ । पोखरेलको साथबाट जम्मा ५३० ग्राम लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । उनलाई  लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनको साथबाट को ३७ प ८३१६ नं को मोटरसाईकल एक थान र हुवावे कम्पनीको मोवाइल तथा सिमसमेत बरामद भएको छ ।
यो लागूऔषधलाई crank, speed, crystal meth and crystal tea समेत भन्ने गरिएको राईले बताए । भने,“पूर्ण रुपमार यनहरुद्वारा तयार गरिने कृत्रिम लागूऔषध हो यसलाई synthetic drugs पनि भनिन्छ ।”

यसको प्रयोग सुँघेर,सिरिन्जको माध्ययमबाट र धुम्रपानको माध्ययमबाट प्रयोग गरिने र यसले उत्तेजनात्मक लागूऔषध अन्तर्गत पर्ने प्रहरीले जनाएको छ । केन्द्रियस्नाय प्रणालीलाई प्रभाव गरी गतिविधिहरुलाई सक्रिय गराउने र प्रयोगकर्तालाई थप उत्तेजित, आक्रामक र हिसांत्मक बनाउने बताइएको छ ।

डिएपी राईले भने,“यसको प्रयोगको असर १२ देखी २४ घण्टाको अवधिसम्म देखिन्छ भने केही दिनसम्म प्रयोगकर्तालाई निन्द्रा नलाग्ने बनाउँछ ।” यसको मूल्य प्रति ग्राम नेपाली रु. ९६०० सम्म पर्न आउने राईले बताए । अन्तर्राष्ट्रिय बजारमा समेत यो महंगो मूल्यमा बिक्रीवितरण हुने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १०० ग्राम देखि माथि जतिसुकै परीमाणको गाँजा बाहेकका लागूऔषध सेवन र खेती बाहेक अन्य निषेधित कार्य गरेमा १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था रहेको छ ।

लागऔषध कारोबारको यात्रा

कारोबारी पोखरेल सन् २००४ सालमा वैदेशिक रोजगारको लागि ईराक गएका थिए । उनी सन २०१० मा नेपाल फर्केर आए । सुन्दरहरैचास्थित आफ्नै घरमा सुन चाँदी पसल खोले । र सुन चाँदी पसल घाटामा गएपश्चात त्यसलाई छाडेर ३ वर्ष अगाडिदेखि बुढीगंगा गाँउपालिका वडा नं ६ स्थित कमरपुर डंग्राहामा फाइवरको ढोका र पाता बनाउने कारखाना संचालन गरिरहेका थिए । कारखाना पनी घाटामा गएको र बैङ्कको ब्याज समेत तिर्न गाह्रो भएको अवस्था सृजना भएकोमा कारखानाको कच्चा पदार्थहरु भारतबाट आयात हुने र सामानहरु आयात गर्ने क्रममा भारतिय नागरिकहरुसंग चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतिय नागरिकसंग नजिक भएपश्चात आफ्नो सबै व्यापार घाटामा गएको हुँदा कसरी छिटो पैसा कमाउन सकिन्छ भन्दै सरसल्लाह हुँदा, लागू औषध बिक्री गर्दा छिटो पैसा कमाईने सल्लाह गरी, भारतीय नागरिक मार्फत उक्त लागुऔषध आज भन्दा झण्डै ९ महिना अगाडी मगाएर विक्री वितरण गर्ने मनासायले आफ्नै घरमा लुकाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved