इटहरी । नेपाल सरकारले गत साउन ६ गतेबाट देशभर जारी भएको लकडाउन अन्त्य भएको घोषणा गरे संगै प्रदेश एकमा दैनिक कोरोना भाइरसको संक्रमण बढदै गएको छ । प्रदेश एक सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयले दिएको बिवरण अनुसार अहिले कोरोनाबाट संक्रमित हुनेहरूको संख्या ९६६ पुगेको छ ।
प्रदेश एकमा संक्रमितहरूको बिवरण हेर्ने हो भने महिलाको संख्या भन्दा पुरूषको संख्या ३ गुणा बढी देखिएको छ । संक्रमित मध्ये महिलाको संख्या १५३ रहेको छ भने पुरूषको संख्या ८१३ रहेको छ । अहिले सम्म कोरोनालाइ जितेर घर फर्किएकाहरूको संख्या प्रदेश एकमा ७४७ जना पुगेको छ जसमा महिला १२६ र पुरुष ६२१ रहेका छन ।
एक नं प्रदेश सरकारले झापा , मोरङ र सुनसरीलाइ कोरोनाबाट अति प्रभावित हुने जिल्लाको रूपमा सुचित गरी आवस्यकिय सचेतना जगाउन प्रदेशवासीहरूमा अनुरोध समेत गर्दै आएको छ । संक्रमणकै संख्या हेर्ने हो भने सबैभन्दा बढी संक्रमित झापा जिल्लामा देखिएको छ ।
झापामा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या हाल सम्म ३४५ रहेको छ त्यसै गरी मोरङमा २८३ र सुनसरीमा १२५ रहेका छन । यो बिवरण अझै बढन सक्ने प्रदेश एक सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सम्म पी सी आर विधिबाट ४० हजार ८ सर ४१ जनाको परीक्षण गरिएको छ भने आर डी टी विधिबाट १९ हजार १ सय ५४ जनाको नमुना सङ्कलन गरी परीक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश एक सरकारका मुख्य मन्त्री शेरधन राइले समुदाय स्तरमा कोरोना भाइरस फैलिएको उदघोष गरेपनि समुदाय स्तरबाटै बढदो लापर्वाहिका कारण संक्रमण झन बढेको पाइएको छ । सामाजिक स्तरमा चेतनाको बृद्धि नहुनु , मास्क र सेनिटाइजर प्रयोग नहुनु र सामाजिक दुरी कायम नगरिनु संक्रमण बढनुको मुख्य कारण रहेको जनाइएको छ । संक्रमितको अवस्था हेरेर प्रदेश एकलाइ खतराबाट जोगाउन प्रदेश सरकार अहिले लागि परेको सामाजिक बिकास मन्त्री जिवन घिमिरे बताउनुहुन्छ । उहाले प्रदेश एकमा कोरोना जोखिमलाइ मध्यनजर गर्दै सरकारले आवस्यक परेको खण्डमा फेरी लकडाउन गर्न सक्ने बताउनुभयो ।