धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना आज डिस्चार्ज भएका छन् ।
तेह्रथुमको २ जना सिरहा १ जना गरी जम्मा ३ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।
आज डिस्चार्ज भएका तेह्रथुमका २ जना गत साउन ४ गते र सिराहा १ जना साउन २ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।
प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २२ वर्ष देखि ७० बर्ष सम्मका पुरुषहरु रहेका छन् ।
उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १६ जना संक्रमित उपचाररत छन् भने २ सय ७३ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा १४,१३७ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा २ जना नयाँ भर्ति भएका छन् ।