वैदेशिक अध्ययनका लागि युरोपियन स्टडी हब विहिबार देखि धरानमा संचालन हुने

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  विदेश अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीहरुका लागि सहजीकरण गर्न धरानमा युरोपियन स्टडी हब संचालनमा ल्याउने भएको छ ।

काठमाण्डौमा रहेको हब करियर मेकर कन्सल्टेन्सी प्रालिको फ्रेन्चाइजको रुपमा धरानमा साउन १५ गते देखि युरोपियन स्टडी हब संचालनमा ल्याउने तयारी भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै हबका म्यानेजिङ निर्देशक कबिर चौहानले ब्याचलर्स, मास्टर्स र पिएचडि अध्ययनका लागि युरोप सम्मका युनिभर्सिटीहरु सँग हबले सम्बन्धन प्राप्त गरेको बताएका छन् ।

उनका अनुसार अस्टे«लिया, युके, क्यानाडा र सबै युरोपियन सेनजेन राष्ट्रहरुमा अध्ययनका लागि पठाइनेछ । विदेश अध्ययनका लागि जान चाहनेहरुका लागि भिषा प्रोसेसिङका लागि आवश्यक पर्ने बैंक डकुमेन्टेसन, फाइनान्सिङ, काउन्सिलिङ, आइएलटिएस र पिटिइको अध्यापन समेत गराइने उनले बताए । पिआर बनाउने प्रक्रियामा समेत सहयोग गरिने उनले बताए । विद्यार्थीहरुको सुविधाका लागि भिषा लागे पछि मात्रै कलेज शुल्क लिइने उनले बताए ।

हबले युनिभर्सिटीमा अध्ययन सँगै जागिरका लागि उपयोगि सिप समेत सिकाइने जनाएको छ । हबले बेकरी, बारटेन्डर, बारिस्टा, ड्राइभिङ, फ्रेन्चआर्मीको तयारी लगायतका सिपहरु सिकाउने व्यवस्था गरिएको जनाएको छ ।

 

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved