पब्लिक हाइस्कुलको भौतिक पुर्वाधारको गुरुयोजना बनाउन डिपिआर तयार गरिने

  • साउन १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / जिल्लाकै नमूना विद्यालयको रुपमा घोषणा भएको धरान स्थित पब्लिक हाईस्कूलको भैतिक विकास निर्माण सम्बन्धी गुरुयोजना निर्माण हुने भएको छ ।

पुर्वाधार विकाश निर्माण मन्त्रालयको सहयोगमा विद्यालयको भौतिक विकाश निर्माण सम्बन्धी गुरुयोजना र सुविधा सम्पन्न भवनको लागि डिपिआर तयार हुने भएको छ । मन्त्रालयको निर्णय अनुसार नमुना विद्यालय विकास एव्म सञ्चालन निर्देशिका २०७४ अनुरुप १ वर्ष अघि विद्यालयलाई नमुना विद्यालयको रुपमा छनौट भए पछि सोही अनुसारको विकाश गर्न मन्त्रालयले डिपिआर तयार गर्न प्राविधिक खटाएको छ ।

सरकारले नमुना विद्यालयका लागि ५ वर्ष सम्म प्रत्येक वर्ष आर्थिक सहयोग उपलब्ध गराउने छ । सरकारले ढीलो भएपनि काम शुरु गर्न लागेकोमा विद्यालयका प्रधानाध्यापक ईन्द्रमोहन झाले विद्यालयहरुलाई नमुना विद्यालय बनाउन उपलब्ध भएको अनुदान रकम भौतिक, शैक्षिक एवं व्यवस्थापनमा गरिने जानकारी आएको बताए ।

मंगलबार विद्यालय व्यवस्थापन समितिको वैठकमा विद्यालयको आवश्यकता अनुरुपको योजना निर्माण गर्ने सम्बन्धमा गोष्ठी भएको थियो । आधुनिक प्रविधिको उपयोग गर्न सकिने किसिमले भौतिक पूर्वाधार निर्माण गर्ने गरीको योजना निर्माण गर्ने योजना बनाईने व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्कीले बताए ।

विद्यालयमा कक्षा कोठाको अभाव भएकाले सुविधा सम्पन्न कक्षाकोठा सहितको नयाँ विद्यालय भवन निर्माण गर्ने विद्यालयमा छलफल भएको थियो । पब्लिक हाईस्कूल २००३ सालमा स्थापना भएको धरानको पहिलो सामुदायिक विद्यालय हो ।

भेलामा धरान उपमहानगरपालिका, वार्ड नं. १२ का वडाध्यक्ष टंक बहादुर राई, वडा सदस्य ब्रम्हज्ञ भट्टराई, पब्लिक हाईस्कूल एल्मोनाई २०३१ का सचिव विरेन्द्र सिंह थापा, सल्लाहकार मोहन श्रेष्ठ, शिक्षक प्रतिनिधि र सरकारबाट निरुपित गरिएको सितारा कन्सल्टेन्सी ललितपुरका प्रतिनिधिहरु विद्यालय व्यवस्थापन समति र शिक्षक अभिभावक संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 

आजदेखि रोजगार मेला स ...

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उ ...

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved