प्रदेश १ सरकारलाई स्वीस सरकारद्धारा पीसीआर मेसिन हस्तान्तरण

  • साउन ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/  प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको आरटी पीसीआर मेसिन स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले हस्तान्तरण गर्नुभयो । पीसीआर मेसिन ग्रहण गर्दै मुख्यमन्त्री राईले दुईवटा मेसिन तत्काल जडान गर्ने बताउनुभयो । उहाँले एउटा मेची अस्पताल र एउटा प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरिने उहाँले बताउनुभयो ।

पीसीआर मेसिन थपिएसँगै समुदाय स्तरमा कोरोना परीक्षण गर्न सहज हुने मुख्यमन्त्री राईले बताउनुभयो । उहाँले प्रदेश १ लाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले कोरोना नियन्त्रणमा आएर सरकारले लकडाउन अन्त्य नगरेकाले अझैपनि सावधानी अपनाउन आवस्यक रहेकोमा जोड दिनुभयो ।

स्वीस सरकारका कार्यक्रम विशेषज्ञ अमन जोन्छेले प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पीसीआर मेसिनले प्रतिघण्टा ९६ वटा नमूना संकलन गर्न सक्ने क्षमता भएको बताउनुभयो ।

एसईईमा उत्कृष्ट नतिज ...

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक ...

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved