धरान केबलमा प्रतिबन्धीत भारतीय च्यानल प्रसारण

  • साउन ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । भारतीय न्युज च्यानलहरुले नेपालको विषयमा अतिरञ्जित सामग्री प्रसारण गरेको भन्दै केही भारतीय च्यानल बन्द गरेको थियो । तर धरानका एउटा केवलले भने बन्द घोषणा गरिएको च्यानल पनि प्रसारण गरिरहेको पाइएको छ ।
धरान स्थित धरान केबलको प्रसारण लाईनबाट प्रतिबन्ध गरिएका भारतीय च्यानल प्रसारण गरेको पाइएको छ । गत असार २५ गते च्यानल वितरक कम्पनीहरुले चिन सँग जोडेर नेपालका बारेमा अतिरञ्जित सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले स्वतः स्फुर्त रुपमा त्यस्ता च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेको थियो ।

धरान केबलले आज तक लगायतका भारतीय च्यानलहरु अझै पनि प्रसारण गरिरहेको छ । सबैले बन्द गरेको च्यानल धरान केबलले मात्रै प्रसारण गरेको भन्दै स्थानीयले पनि आपत्ति जनाएका छन् । तुरुन्तै बन्द गराउनु पर्ने उनीहरुले माग गरेका छन् ।
यता धरान केबलले प्रसारण गर्दै आएको कृति टेलिभिजनका कार्यकारी निर्देशक मोहन श्रेष्ठले प्रतिबन्धीत च्यानलहरु बन्दनै रहेको र केही दिन अघि खुलाउन सकिने जानकारी आएकाले पुनः प्रसारण शुरु गरिएको बताए । भारतीय सञ्चारमाध्यमले माफि मागिसकेको भन्ने कुरा आएकाले खुलाउन सकिने भन्ने भए पछि खुलाई दिएको धरान केबलका अध्यक्ष सोकेन श्रेष्ठको भनाईलाई उद्धृत गर्दै श्रेष्ठले बताए ।

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved