धरानको विकाश र योजना लिएर मेयर, उपमेयर सहितको टोलि मन्त्रालय धाउँदै

  • साउन ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाको विकाशका लागि विभिन्न योजनाहरुको विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन मेयर र उपमेयर सहितको टोलि काठमाण्डौ पुगेको छ ।
टोलिले विहिबार विभिन्न मन्त्रालयका मन्त्रीहरु सँग भेटघाट गरि धरानका महत्वपुर्ण योजना लगायत विकाश निर्माणको विषयमा जानकारी गराएका छन् । दुई दिन अघि काठमाण्डौं पुगेका धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकिय अधिकृत विदुर खनाल सहितका टोलीले खानेपानी आयोजना, बजार क्षेत्रमा कोशी राजमार्ग ८० फिट कायम गर्ने, बसपार्क, मदन भण्डारी सहायक राजमार्गको मापदण्ड, एयरपोर्ट लगायत योजनाहरुको बिषयमा मन्त्रालयहरुमा छलफल गरिरहेको छ । 

टोलिले बुधबार उर्जा मन्त्री बर्षमान पुन र भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङलाई भेट गरेका थिए । टोलिमा सहभागि धरान वडा नम्बर १७ का अध्यक्ष मनोज भट्टराईले विभिन्न मन्त्रालय र मन्त्रीसँग भेटेर विभिन्न विषय साथै खानेपानीको विषयमा छलफल र निचोड निस्किने बताए । कोशी राजमार्ग र कोशी करिडोर विद्युत प्रसारण लाईनले गरेको क्षति लगायतका समसामयिक विषयमा मन्त्रीलाई भेटेर छलफल भइरहेको उनले जानकारी दिए ।

कोशी करिडोर विद्युत प्रसारण लाइन निर्माणको क्रममा धरानको जलाधार क्षेत्रलगायतमा परेको असरबारे मन्त्री पुनसँग छलफल चलेको उनले जानकारी दिए । मन्त्री पुनले आवश्यक सहयोग गर्ने र अनुगमन गर्ने वचन दिएको उनको भनाइ छ ।

टोलीमा मेयर, उपमेयर सहित संघीय सांसद जयकुमार राई, स्थानीय नेता मुक्सामहाङ मेन्याङ्बो, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, वडाध्यक्ष भट्टराई, धरान उपमहानगरपालिकाका राजु पोख्रेल लगायत सहभागी छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved