धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि

  • साउन ८, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाका थप दुई जनामा आज कोरोना संक्रमण पूष्टि भएको छ । छथर जोरपाटी गाउँपालिकाका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

स्वाब संकलन गरी धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा छथर जोरपाटी–२ का ४० बर्षीय पुरुष र छथर जोरपाटी–३ का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पूष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ । संक्रमित दुबै जना गत आईतबार बिदेशबाट आएका हुन् । छथर जोरपाटी–२ का संक्रमित बहराईनबाट र छथर जोरपाटी–३ का संक्रमित साउदीबाट आएको छथर जोरपाटी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुन्दरमान डंगोलले बताए ।

उनीहरु जोरपाटी बजार नजिक सामुदायिक भवनमा रहेको क्वारेनटाईनमा थिए । बिदेशबाट आएका ६ जनासहित २९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पूष्टि भएको हो । दुबै जना संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँस्थित कोरोना अस्पतालमा पठाईएको छ । केही दिन अघि पनि छथर जोरपाटीका दुई जनामा संक्रमण भेटिएको थियो । योसँगै धनकुटामा कोरोना संक्रमण पूष्टि भएका व्यक्तिको संख्या १४ पुगेको छ ।

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved