काठमाडौँ / बुधबार थप १०० जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४८ वर्षीय चिनियाँ महिला र जनकपुर नगरपालिका बस्ने कोरोना भाइरस संक्रमित एक पुरुष रहेका छन् ।
नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
कोरोना संक्रमणका कारण मृतकको संख्या ४२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २०७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १२ हजार ६ सय ८४ जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।