वर्षासँगै खसेको पहिरोले धनकुटा जिल्लामा ५ घर विस्थापित

  • साउन ५, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / निरन्तरको अविरल बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् ।
अविरल वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा नपा–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।

त्यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वँज राईको परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्य स्थानमा स्थान्तरण गरिएको छ ।

यता साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जुवा खोलामा आएको बाढीले दुवै खोलाको संगम स्थलमा रहेको ९ घर परिवारको बस्ती उच्च जोखिममा परेको छ । खोलामा आएको बाढीले घर नजिकै छेउको जमिन धमाधम कटान गरेपछि बस्ती जोखिममा परेको हो । खोलामा पानीको बहाव बढी रहेकोले त्रास रहेको स्थानीय यामबहादुर राईले बताए । गर्जुवा खोलामा माटो सहित आएको बाढीले धरान–धनकुटा कोशी राजमार्ग समेत पटक–पटक अवरुद्ध हुदै आएको डिभिजन सडक कार्यालय धनकुटाका सुपरभाइजर अमृता राईले बताईन् ।

पानी पर्ने बित्तिकै गर्जुवाको मुहानमा पहिरो जाने र सोही पहिरोको लेदो माटो खोलाले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको हो । सोमबार दिउँसो खोलामा आएको बाढीले धरानबाट धनकुटा आउँदै गरेको धनकुटा नगरपालिकाको को. १ झ ५८४ नम्बरको गाडी आधा भाग पुरेको थियो । सडक डिभिजन कार्यालयको पहिरो पन्छाउन परिचालन गरेको डोजरको सहायताले गाडी निकालिएको गाडीमा सवार धनकुटा नगरपालिकाका कार्यक्रम संयोजक सिताराम गौतमले बताए । निरन्तर वर्षासँगै पहिरोले छिन–छिनमै बाटो अवरुद्ध भई रहने र डोजरले खुलाउने काम भइरहेको छ ।dhankuta 3dhan 2

 

बराहक्षेत्र बालमैत्र ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगमि मंसि ...

धरान ब्याडमिन्टन प्र ...

धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ...

नयाँ शिक्षा प्रणालीक ...

धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक सं ...

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved