भन्सारले अनुमती दिएको प्रतिबन्धीत माछा, सुनसरी प्रहरीद्वारा पक्राउ

  • साउन ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  भन्सारमा रहेका सरकारी कार्यालयहरुकै मिलेमतोमा नेपाल तिर प्रतिबन्धीत माछाहरु भित्रिने गरेको पाइएको छ ।
सिमानाकामा रहेको सरकारी कार्यालयहरुले अनुमती दिएको भारी परिमाणको माछा सुनसरी प्रशासनले रोकिदिए पछि भन्सारका सरकारी कार्यालयहरुले तस्कर सँगको मिलेमतोमा प्रतिबन्धीत माछा निर्यात हुने गरेको पुष्टि गरेको छ ।

विराटनगरको भन्सार कार्यालयबाट प्रज्ञापनपत्र र पशु क्वारेन्टाइन विराटनगरबाट प्राप्त भएको खानयोग्यको प्रमाणपत्र लिएर आएको क्याट फिस नामक माछा प्रतिबन्धीत रहेको छ । तर पनि भन्सारले प्रमाणपत्र दिएरै आयात गर्न खुल्ला गरि दिएको हो ।
विक्रीका लागि भारतबाट नेपाल भित्रिएको क्याट फिस सुनसरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । विराटनगर नाकाबाट भारतीय नम्बर प्लेट डव्लु बी २५जे ६१४१ नम्बरको ट्रकमा ल्याइएको ५ हजार ८ सय २० केजी माछा सहित ट्रक चालक भारतीय नागरिक मो. इमामुल गोल्दारलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोर्नाली एक्स्पोट कोलकोत्ताले विक्रीका लागि पठाएको क्याट फिस नामक माछा सुनसरी प्रहरीले इनरुवाबाट नियन्त्रण लिएर नष्ट गरिदिएको छ । नियन्त्रणमा लिएको माछा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर गर्ने भएका कारण नियन्त्रणमा लिएर नष्ट गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले वताए ।

मानव स्वास्थ्य र वातावणीय क्षेत्रमा असर पुर्याउने माछा नेपालमा भित्र्याउने कार्यमा संलग्न तथा अन्य विषयमा थप अनुसन्धान अघि वढाउने उनले बताए । नेपाली सरकारी निकायहरुबाटै भन्सार प्रज्ञापन पत्र, क्वारेनटाइन प्रमाणपत्र, राजश्व अनुसन्धानको अनलाईन विल राष्ट्रिय बाणिज्य बैकमा नगद जम्मा गरिएको बिल सहित प्रतिवन्धीत माछा सुनसरीले प्रहरी नियन्त्रणमा लिएर नष्ट गरेपनि यस अघि पनि सोही प्रकृतिले प्रतिवन्धीत माछा नेपाल भित्रिएर विक्री वितरण हुदै आएको अनुमान गरिएको छ ।

बिराटनगर नाकाबाट सुनसरी तर्फ विक्रीका लागि ल्याउदै गरेको नेपालमा प्रतिवन्धीत क्याट फिस विशेष सुचनाका आधारमा नियन्त्रणमा लिइएको पत्रकार सम्मेलन गरी सुनसरी प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिए । नियन्त्रणमा लिएको माछाका विषयमा पशु क्वारेन्टाइन चेक पोष्ट भाण्टावारी परिक्षणको लागि पठाएकोमा त्यहाँबाट माछा नष्ट गरी दिनु भने बमोजिम नष्ट गरिएको थापाले वताए । माछा नष्ट गरी ट्रक र चालकलाई कानुन अनुसारका कारवाही अगाडि वढाउने समेत प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।

 

 

पर्यटन प्रवर्द्धनका ...

काठमाडौं/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प ...

झापामा तामाको तार चो ...

झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक ...

भारतबाट ४ करोड ६१ ला ...

झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ...

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved