मन्दिर परिषरको रुख काटिदा पनि स्थानीय निकाय मौन

  • साउन २, २०७७
  • " हिमाल राई"
alt तस्बिरः हिमाल राई

चतरा । सुनसरी स्थित बराहक्षेत्रको वडा नम्बर २ मा रहेको सिंहदेवी मन्दिर परिषरमा रहेको रुख अवैधानिक ढंगले कटान गरिएका छन् ।

मन्दिर परिषरमा रहेका रुखहरु विगत केही वर्ष देखि देखिन्दैनन् । कुन प्रयोजनका लागि रुख काटिएको भन्ने विषयमा अहिले स्थानीयहरुको चासो बढ्दै गएको छ । स्थानीय पाप जेठा भन्छन्, ‘१४÷१५ वर्ष अगाडी सम्म सिंहदेवी मन्दीर वरी परी रूखहरू थिए तर अहीले छैन्न, काहा गयो, कसले काट्यो ।’ मन्दिरकै लागि रुखहरु काटिए पनि त्यसको आम्दानी कतै पनि नदेखिएको उनले बताए ।

मन्दिर परिषरका रहेका रुखहरु काटिदा पनि स्थानीय निकाय मुकदर्शक बनेको उनको भनाई छ । उनले भने, ‘कुन प्रयोजनमा रुख काटियो, कसले ठेकेदारलाई बेचेको हो, त्यसको हिसाब किताब देखाउनु पर्छ ।’

मन्दीर व्यवस्थापनको नाममा धेरै वटा समीतीहरू वनीसकेका छन् । तर अहिले सम्म पनि कसैले मन्दिर परिषरमा रहेको रुख मासिनुको कारण खोज्न सकेका छैनन् । समिती मौन बसेको प्रति उनले जिज्ञासा राख्दै भने, ‘मन्दिरको समीतीमा बस्न अग्रसर हुनेहरूले आवाज उठाउन कीन नसकेको हो ?’

आफुलाई समाजसेवी भनिनेहरुले यस विषयमा केही बोल्न नमान्ने गरेको स्थानीय भद्रगोल खम्बु बताउँछन् । मन्दिर व्यवस्थापनका लागि बन्ने समितीहरुले स्थानीयलाई जानकारी नै नदिने गरेको उनको भनाई छ । उनले भने, आफु खुसी र मनोमानी तरीकाले काम गर्यो, जव सम्म त्यस्तो समितीको अन्त हुदैन तव सम्म विकासमा निर्माणमा अवरोध हुने भइरहन्छ ।’

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved