केराबारी गाउँपालिका अध्यक्ष माथि खुकुरी प्रहार

  • साउन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कुमार कार्की माथि कार्यलयमै खुकुरी प्रहार भएको छ ।

पटके कर ठेक्का आफैले पाउनु पर्ने भन्दै पटके करका ठेकेदार भवन ठकुरीले अध्यक्ष रोहित बहादुर कार्कीलाई खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट घाइते बनेका अध्यक्ष कार्कीलाई विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठकुरीले शुरुमा आफैले ल्याएको चक्कुले प्रहार गरेका थिए भने पुनः अध्यक्षका गार्डको खुकुरी पनि खोसेर प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठकुरी पटके करका ठेकेदार हुन् । उनको गत आर्थिक वर्षको असार ३१ गते म्याद सकिएको थियो । म्याद सकिए पछि गाउँपालिका आफैले कर संकलन गर्दै आएको थियो । आफुले नै ठेक्का पाउनु पर्ने भन्दै विवाद हुन थाले पछि खुकुरी प्रहार भएको प्रहरीको भनाई छ ।

झापामा तामाको तार चो ...

झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक ...

भारतबाट ४ करोड ६१ ला ...

झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ...

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved