शिक्षकहरुलाई बेतलबी बिदा दिने निर्णय फिर्ता लिन शिक्षक युनियनको माग

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । साउन १ गते देखि अनलाईन कक्षा स्थगित गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय फिर्ता लिन संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको छ ।

युनियनको राष्ट्रिय समितीले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको बहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्र देखिको तलब नदिने तथा अर्को तर्फ यस विषम परिस्थितीमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवंघ घोर भत्र्सनायोग्न रहेको भन्दै प्याब्सन र एन प्याब्सनको निर्णय आत्मघाती रहेको जनाएको छ । विगत ६ महिना देखि तलब नपाएको गुनासो गर्दा समेत सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीको समस्या प्रति गम्भिर नभएको पनि उनीहरुको आरोप छ ।

युनियन सँगको छलफल र आपसी सहकार्य भइरहेको अवश्थामा जारी अनलाईन कक्षा बन्द गर्दै शिक्षक कर्मचारीहरुलाई बेतलबी घर बिदा दिने प्याब्सन र एन प्याब्सनको दादागिरी शैलिको एकलौटी निर्णयले स्तब्ध बनाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राष्ट्रिय समितीका अध्यक्ष होम कुमार थापा र महासचिव भोलानाथ चालिसेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा शिक्षा र स्वास्थ्य नागरिक हक भएकाले निजी विद्यालयहरुलाई राष्ट्रियकरण गर्ने दिशातर्फ सरकारले आवश्यक पहल कदमी लिन पनि माग गरेको छ । आगामी ३ दिन भित्र शिक्षक कर्मचारीहरुको विषयमा ठोस कदम नचालेको अवश्थामा युनियन कडा संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved