धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा स्मृति सभा

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा आज धरान १९ स्थित हरियाली सामुदायिक वन स्मृति सभा सम्पन्न भएको छ ।

नेकपाको धरान उपमहानगर कमिटीको आयोजनामा भएको सभा भन्दा अगाडी सामुदायिक वनमा बन्दै गरेको तारा सुब्बा स्मृति पार्कमा रहेको स्व. सुब्बाको मुर्तिमा नेकपाका नेता तथा धरानका जनप्रतिनिधीहरूले मार्ल्यापण गरी श्रृद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, फिरोज अलि र सागिर अलिले १० हजार, मैया तामाङले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, तारा सुब्बा उधान पार्कका लागी लहरू जीमीले ३० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएकी छिन ।

मेयर सुब्बाको स्मृति पार्क निर्माणका लागी हरियाली सामुदायिक वनले साढे ३ कठ्ठा जग्गा उपलब्ध गराएको छ । एकवर्ष अघि पार्कमा स्व. सुब्बाको अर्धकदको मुर्ति स्थापना गरिएको छ । हाल नेकपा पार्टि तथा पार्टि प्रतिनिधीहरूको सहयोगबाट विभिन्न संरचनाहरू निर्माण भइरहेको छ ।

नेकपा स्थायि कमिटीका सदस्य तथा प्रदेश नं. १ सांसद भिम आचार्यले स्वं सुब्बा धरानको लागी महत्वपूर्ण योगदान गरेको नेताको रूपमा परिचित रहेको स्मरण गरे । तत्कालिन सिटिङ मेयरको निधन भएको सम्झनामा पार्क बनेको हो । यसवर्ष पार्कको लागी उपमहानगरपालिकाले १० लाख बजेट छुट्याएको जानकारी आएको छ । आचार्यले भने, त्यस बजेटले पार्क निर्माण गर्ने र अपुग रकम थप हामीले व्यवस्था गर्ने र निर्माण सम्पन्न गरी उनको स्मरणलाई चिरस्थायी बनाउनेछा । तारा सुब्बा भएको भए स्थिती अर्कै हुने थियो । आचार्यले धरान निर्माण गर्ने नेकपा पार्टी र स्व. सुब्बाको कन्सेप्टले धरानको निकै राम्रो ढंगले अगाडि बढाउन सकिन्थ्यो भन्ने बताए । धरानलाई पूर्वको सुन्दर पर्यटकिय नगरी निर्माणमा तारा सुब्बाको अहम भुमिका हुनेमा त्यो अधुरो नै रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै धरानका मेयर तिलक राईले हालसम्म धरानमा ३ वटा नेतृत्व आइसकेको स्मरण गर्दै स्व. सुब्बा नै रहिरहेको भए एउटा गतिले विकास हुने बताएका छन । २०७४ सालको स्थानिय निर्वाचन पछि स्व. सुब्बाले १ वर्ष, कार्यबाहक मेयरका रूपमा मञ्जु भण्डारीले डेढ वर्ष र हाल म नेतृत्वमा आएको छु । यसरी ३ वटा नेतृत्व फेरिदाँ विकासले सोचेजस्तो गति लिन सकेको छैन । उनले भने, मलाई अहिले सन्तुलन मिलाउन गाह्रो परेको छ । तर पनि स्व. सुब्बाले देखेको धरानको विकासको सपनालाई नै मेरो नेतृत्वमा पनि निरन्तरता दिएका छा । नेतृत्व गर्नेले भने स्वास्थमा समेत ख्याल राख्नुपर्ने सन्देश समेत उनको देहान्तले दिएको मेयर राईले बताए ।

आजको स्मृति कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष पप्पु मण्डल, प्रदेश १ सांसद सावित्री जोशी, उमिता बराइली, नेकपा प्रदेश कमिटी सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो मुकेश, प्रदेश कमिटी सदस्य तथा धरान नगर ईन्चार्ज अइन्द्रबिक्रम बेघा, सुनसरी जिल्ला सचिवालय सदस्य तथा धरान नगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङ, सह ईन्चार्ज पदम इस्बो, जिल्ला सचिव रमेश बस्नेत, जिल्ला सचिवालय सदस्य प्रकाश राई, नगर अध्यक्ष नारायण सुवेदी, नगर सचिव सुदर्शन श्रेष्ठ लगायत विधार्थी नेता तथा बुद्धिजिवीहरूको उपस्थिती रहेको थियो ।

DSC_0805 copy DSC_0761 copy

 



श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved