अस्टियोपोरोसिस
- असार ३१, २०७७
- "कोशीपत्र/संवाददाता"
अस्टियोपोरोसिस भनेको के हो ?
शरीरमा हाडको घनत्व (Density)कम भएर हाड पातलो, हलुका र कमजोर हुने र सजिलै भाँचिने समस्यालाई अस्टियोपोरोसिस भनिन्छ। सामान्यतया ३० बर्षको उमेरपछि सबैको हाडको घनत्व घट्दै जाने भए तापनि महिलाहरु बढी जोखिममा हुन्छन् किनभने हाडको घनत्व यथावत राख्ने इस्ट्रोजन नामको हर्माेन महिलाहरुमा बिस्तारै घट्दै जान्छ । अस्टियोपोरोसिस बिशेष कुनै लक्षण हँुदैन । प्रायः हाड भाँचिनु नै यसको पहिलो लक्षण हुन सक्छ । सबै भन्दा बढी ढाड, कम्मर र नाडीका हाडहरु यसको कारणले भाँचिने गरेको पाइन्छ । तर, अस्टियोपोरोसिस रोक्ने वा उल्टोउने तरिकाहरु छन् । उपचार गरेमा हाडको घनत्व बढाउन सकिन्छ ।
कारणहरु हुने
अस्टियोपोरोसिस हुने धेरै कारणहरु हुन्छन। अस्टियोपोरोसिस मानव शरीरमा लाग्ने धेरै रोगहरु एवम तिनका लागि गरिने उपचारहरु एवम औषधीले पनि हुन्छ ।
महत्वपुर्ण कारणहरु यस प्रकार रहेको छ ।
- धेरै अल्कोहलको प्रयोग गरेमा (Alcoholism )
- मृगौला रोग (Kidney /disease)
- हाइपाराथारोपिज्म (Hyperthyroidism)
- भोक नलाग्ने रोग भएका(Anorexia)
- सर्जरी गरेर ओभरी (Ovary) निकालेमा
- छारे ( Epilepsy) रोगको औषधी सेवन गरेमा
- ग्लुको कोरटिकोस्टेराइड ( Glucocortico steroid) औषधी धेरै दिनसम्म सेवन गरेमा
- धुम्रपान (Smoking)
- कम व्यायाम ( Little exercise)
अस्टियोपोरोसिसमा हुने महत्वपुर्ण लक्षणहरु यस प्रकार रहेका छ
लक्षणहरु
- अस्टिपोरोसिसको आफै केही लक्षण हुदैन। धेरैजसो वेला हाड भाँचे पछि मात्र बिरामी वा चिकित्सहरुलाई यसको बारेमा थाहा हुन्छ ।
- दुखाई (Pain)
- हड्डी भाँचिनु ( Fracture)
- हाड बाङ्गो हुनु ( Deformity)
- अस्टियोपोरोसिस उमेर बढदै गएपछि हुन्छ । यो पुरुषको तुलनामा महिलामा बढी हुन्छ ।
- Caucasian / (Asian) एसियनमा अस्टिपोरोसिस हुने सम्भावना बढी हुन्छ।
अस्टियोपोरोसिसबाट बच्ने उपायहरुः
- नियमित कसरतले हाडको घनत्व बढाँउछ ।
- बढ्ने उमेरमा पर्याप्त मात्रामा क्याल्सियम सेवन गरेमा पनि अस्टियोपोरोसिसबाट जोगिने सम्भावना बढ्छ ।
- बृद्धावस्थामा क्याल्सियम सेवन गरेमा पनि यसबाट बच्न सकिन्छ ।
- दुध, दहीको नियमित सेवन गरेमा यसबाट बच्न सकिन्छ।
- अत्यधिक चिया कफीको सेवन नगर्ने ।
- धुम्रपान नगरेमा
- अल्कोहोल ( Alcohol सेवन नगरेमा
- नियमित व्यायाम गरेमा
- हाडको घनत्व ( Density) घटाउने औषधीहरु प्रयोग नगरेमा
Risk Factors
अस्टियोपोरोसिस हुने कारणहरु मध्येका केही कारणहरुलाई बदल्न (modifiable) सकिन्छ भने केही कारणहरुलाई बदल्न ( Non modifiable) सकिन्दैन ।
बदल्न नसकिने कारणहरु:
- उमेर बढदै जानु
- महिनावारी बन्द भइसकेका महिलाहरु
- युरोपियन र एशियन इथनिक (Ethnicity) ग्रुप
- वंशाणुगत ( Heredity)
- होचो हुनु (Short stature)
- बदल्न सकिने कारणहरु
- प्रचुरमात्रामा अल्कोहोल को प्रयोग
- भिटामीन डी को कमी
- धुम्रपान
- व्यायामको कमी
- सोङ्खर्ट ड्रिङ्कको प्रयोग
अस्टियोपोरोसिस भएको कसरी थाहा पाउने ?
अस्टिपोरोसिस थाहा पाउने प्रमुख माध्यम: हाडको धनत्व पत्ता लागाउनु हो ।हाडको धनत्व निम्न जाँच एवम परिक्षणबाट थाहा पाउन सकिन्छ ।
- एक्स–रे बाट
- बी.एम.डी. ( डेन्सिटोमिटर मेशिनबाट हाडको घनत्व नाप्न सकिन्छ ।
- कम्पूटेड टोमोग्राफी
- कवानटिटेटिम अल्ट्रासाउण्ड
अस्टियोपोरोसिसको बारेमा हामीले किन चासो लिने?
हाड भाँचिने सबैभन्दा कारण अस्टियोपोरोसिस हो र सतर्कता अपनाउने हो भने यसबाट धेरै हदसम्म बच्न सकिन्छ ।
अस्टियोपोरोसिससँग जोडिएका जोखिमका कारणहरु:
- धुम्रपान
- दुब्लोपना
- स्त्रीलिङ्ग
- महिनावारी रोकिएको अवस्था
- अत्याधिक मदिरा सेवन
- कसरतको कमी
- अन्य रोगले भएको कमजोरीपना
- कमजोरी दृष्टिशक्ति
- खानामा क्याल्सियमको कमी
- दीर्घकालिन स्टेरोइड दबाईको प्रयोग आदि ।
कुन हाड भाँचिने बढी डर हुन्छ ?
१. नाडीको (Wrist)
२. मेरुदण्डको (Spine)
३. कम्मरको–(Hip bones
अस्टियोपोरोसिसको उपचार कसरी गरिन्छ ?
उपचारहरु
अस्टिपोरोसिसको उपचार यसवाट बच्ने उपाय एवम उपचार पद्धतीबाट शुरु हुन्छ । यसको उपचारको लागी धेरै किसिमका औषधी भए तापनि मुख्यतः तल उल्लेखित औषधीहरु नै सुरक्षित हुन्छन् । उपचार सामान्यतया कम्तीमा २ बर्षको लागी गरिन्छ । अझ बढी गरे झनै राम्रो हुन्छ ।
उपचारका उद्देश्यहरु यस प्रकार रहेको छ ।
- हाडको घनत्व हस हुनबाट रोक्ने
- हाडको धनत्व बढाउने
- हाड भाँचिनुबाट रोक्नुका साथै दुखाई कम,हाड बाङ्गो हुनबाट बचाउने
- यो प्राप्तिका लागी जिवन जिउने पद्दतीमा सुधार नियमित कसरत,व्यायामहरु गर्नु पर्ने हुन्छ । साथै निम्न औषधीहरुको प्रयोगले अस्टिपोरोसिसबाट बच्न वा कम गर्न सकिन्छ ।
- बिसफोसफोनेट्स ( Bisphosphonates)
- हार्मेन रिपेसमेन्ट थेरेपी ( HRT)
- कयासिटोनिन ( Carcitonin)
- क्याल्सियम चक्की (500mg) दिनको ३ पटक – जस्तै DECAL, CALVIT, GLOCAL, CALSUP, CALNONE) आदि)
- भिटामिन डी ––Vitamin D_ क्याल्सिरल पाउडर (CALCIROL SACHET) हप्ताको एक पटक दुध जा पानीमा घोलेर कम्तीमा १२ हप्ता ।
- अलेन्ड्रोनेट चक्की (ALENDRONATE 70mg)जस्तै (Tab FOSSIL, RESTOPH) आदि विहान उठ्ने वित्तिकै एक गिलासभरि पानीसँग खाने र आधा
- घण्टासम्म केही नखाने अनि नसुत्ने । अलेड्रोनेट चक्की प्रत्येक हप्ता प्रयोग गर्नको साटो भ्याकअस्टियो इञ्जेक्सन (Inj. VACOSTEO)बर्षको एक पटक लिन सकिन्छ ।
- क्याल्सिटोनिन नेजल स्प्रे (CALCITIONIN NASAL SPRAY) जस्तै (SALMONCAL, CALCINASE) आदि) यो औषधी नाकबाट सुँघेर प्रयोग गरिन्छ ।
अन्तमा
अस्टिपोरोसिस साइलेन्ट किलर हो हाड भाँचनु आफैमा धेरै घातक नभएपनि अस्टिपोरोसिस भएको बिरामीहरुमा हाड भाँचिनु धेरै ठुलो समस्या हो, विशेषतह वृद्धा अवस्थामा मृत्यु हुने संसारभरिनै प्रमुख कारण हो ।
प्रा.डा.पशुपति चौधरी
प्रमुख एवम प्रोफेसर
हाडजोर्नी विभाग
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ।