कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण

  • असार ३०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / सरकारले धनकुटालाई कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका ८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । संक्रमितहरु छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन् ।

उनीहरु सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । विदेशबाट आएर सहिदभूमिको क्वारेन्टाइनमा बसेका ७ जनाको पिसिआर परिक्षण गर्दा १ जनामा र छथर जोरपाटीको क्वारेन्टाइनमा बसेका २५ जनामा पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको प्रमुख गुरागाईले बताए । छथर जोरपाटीका २५ जनाको गत शुक्रबार र सहिदभूमिका ७ जनाको गत शनिबार पिसिआर स्वाब संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका तीनै जनालाई उपचारका पूर्वाञ्चल विश्व विद्यालयको आईसोलेशनमा पठाईने प्रमुख गुरागाईले बताए । धनकुटामा यसअघि ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु सबै जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved