कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण

  • असार ३०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / सरकारले धनकुटालाई कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका ८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । संक्रमितहरु छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन् ।

उनीहरु सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । विदेशबाट आएर सहिदभूमिको क्वारेन्टाइनमा बसेका ७ जनाको पिसिआर परिक्षण गर्दा १ जनामा र छथर जोरपाटीको क्वारेन्टाइनमा बसेका २५ जनामा पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको प्रमुख गुरागाईले बताए । छथर जोरपाटीका २५ जनाको गत शुक्रबार र सहिदभूमिका ७ जनाको गत शनिबार पिसिआर स्वाब संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो ।

कोरोना संक्रमण पुष्टि भएका तीनै जनालाई उपचारका पूर्वाञ्चल विश्व विद्यालयको आईसोलेशनमा पठाईने प्रमुख गुरागाईले बताए । धनकुटामा यसअघि ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनिहरु सबै जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved