सयौं सिलिण्डर राखिएको ठाउमा आगो लगाउने प्रयास : ठुलो दुर्घटनाबाट बच्यो इटहरी

  • असार ३०, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । सुनसरीको इटहरी स्थित हटिया लाइनमा अवस्थित सञ्ज्य ग्यास भण्डार तथा भाडा पसलमा सोमबार राती अज्ञात समुहले आगो लगाउने प्रयास बिफल भएको छ । शयौ सिलिण्डर भण्डारण गरिएको अवस्थामा अपिरिचित एक ब्याक्तिले टायर बालेर आगो लगाउने प्रयास गरेका थीए ।

ग्यास भण्डारण गरिएको ठाउमा आगो लगाउदै गर्दा स्थानीयहरूले देखेर चिच्याएपछि ति व्यक्ति फरार भएको जनाइएको छ । फरार ब्याक्तीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिगत लामो समय देखि सो स्थानमा सञ्ज्य चौधरीले खाना पकाउने एलपी ग्यास भण्डारण तथा बिक्रि बितरण गर्दै आएका छन ।

साथै उनले सोहि स्थानमा भाडा पसल पनि सञ्चालन गर्दै आएका छन । केहि वर्ष अघि उनकै पसलबाट ग्यास लिक भइ बिस्फोट हुदा ३ जना घाइते भएका थीए भने ३ वटा सटरहरूमा पुर्ण रूपले क्षती पुगेको थीयो । सोमबार राती पनि बेलैमा स्थानीयहरूले देखेकै कारण इटहरी ठुलो दुर्घटना हुनबाट जोगिएको छिमेकिहरू बताउछन । केहि कथन आगो लागेको भए सिंगो गाउ सकिन्थ्यो धन्न बेलैमा देखिएछ र भाग्यो स्थानीय दानबहादुर राइले बताए । उनले यसरी घरभित्र ग्यास राख्न नदिन स्थानीय सरकारलाइ जोडदार माग गरेका छन ।

बाक्लो मानव बस्तिमा ग्यास भण्डारण

यसैबिच इटहरीको बिभिन्न क्षेत्रमा हेर्ने हो भने घरभित्रै ग्यास भण्डारण हुने गरेको छ । इटहरीको हटीया लाइनमा रहेको सञ्ज्य चौधरीले पनि बाक्लो बजारकै आगनमा ग्यास भण्डारण गर्ने गरेका छन ।प्रदेश सरकार र स्थानिय सरकार दुवैले ग्यास भण्डारण नीति बनाउन नसक्दा र यस बिषयमा कुनै चासो नराख्दा व्यवसायीहरूले खुल्ला राजमार्ग लगायत बाक्लो मानव वस्ति बिच ग्यास भण्डारण गर्ने गरेका छन ।

बाक्लो बजारमा वर्षैपिच्छे बिद्युत सर्ट भइ आगलागिका घटना हुने गरेका छन । कुनै दिन ग्यास भण्डारण गरिएकै स्थानमा बिद्युत सर्ट भइ आगलागी भए त्यसको क्षती के कति हुन्छ कस्ले अनुमान लगाउने रु सम्बन्धित निकाय तथा सरोकारवालाहरूले पनि बजार अनुगमन गर्दा भरिएका सिलिण्डर ब्यवस्थापनको बिषयमा कुनै चासो राखेको पाइदैन ।

ग्यास डिलर एवम आधिकारीक बिक्रेताहरूले कम्पनीबाट खरीद गरेर ल्याएका खाना बनाउने एलपी ग्यासका सिलिण्डरहरू हाल सवारीसाधनहरू गुडने राजमार्गमै भण्डारण गर्न थालेका छन फलस्वरूप प्रदेश एकको उदयी मान शहर इटहरी कति खतरामा छ यो कसैले अनुमान लगाउन सकेका छैनन ।

यता आयल निगमले पनि ग्यास बितरण गर्दा बिक्रेताहरूलाइ मानव वस्ति भन्दा एक किलोमिटरको दुरीमा ग्यास भण्डारण गर्न अनुरोध गर्ने गरेको हुन्छ तर इटहरीका ग्यास व्यवसायीहरूले भने त्यस्तो पायक स्थान नभएको कारण देखाउदै आएका छन । पर्याप्त जमिन छैन सबैले घरमै भण्डारण गरेको देखेपछि आफुले पनि यहि राखेको सञ्ज्य भाडा पसलका सञ्चालक सञ्ज्य चौधरी बताउछन ।

यता यस बिषयमा इटहरी उपमहानग पनि गम्भिर बनेको देखिदैन । पटक पटक कार्यपालीका बैठक बस्छ तर यो वियले कहिले प्राथमिकता पाउदैन । बजेटको पुस्तकनै हेर्ने हो भने पनि बजार अनुगमनलाइ तिब्रता दिने भनेर उल्लेख गरेको भेटिन्छ तर ग्यास भण्डारणको बिषयमा चासो राखेको कतै भेटिदैन ।

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

घरभित्र अवैध भरुवा ब ...

मोरङ/ मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved