संखुवासभा बेपत्ता ११ को पहिचान खुल्यो, ४ जनाको जिवितै उद्धार

  • असार २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt -फाइल तस्बिर

संखुवासभा । सिलिचोङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।

पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।

गाउँमा पहिरो आएपछि एक जनाको हृदयघातले मृत्यु भएको छ । । दमका बिरामी मदन राईको हृदयघातबाट मृत्यु भएको मल्लले बताउनु भयो ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार पहिरोमा परेकाहरु मध्ये गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । उनीहरुलाई बासिन्दाले उद्धार गरेका हुन् ।

पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved