संखुवासभा बेपत्ता ११ को पहिचान खुल्यो, ४ जनाको जिवितै उद्धार

  • असार २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा । सिलिचोङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।

पहिरोमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।

गाउँमा पहिरो आएपछि एक जनाको हृदयघातले मृत्यु भएको छ । । दमका बिरामी मदन राईको हृदयघातबाट मृत्यु भएको मल्लले बताउनु भयो ।

प्रहरी नायव उपरीक्षक मल्लका अनुसार पहिरोमा परेकाहरु मध्ये गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । उनीहरुलाई बासिन्दाले उद्धार गरेका हुन् ।

पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ।

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved