कसैलाई सप्तकोशी नदी पिडा, कसैलाई आम्दानीको स्रोत " जोखिममै दाउरा संकलन"

  • असार २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । कसैको लागी सप्तकोशी नदी पिडा र चिन्ता बनेको छ भने कसैलाई आम्दानीको स्रोत बनेको छ । वर्षा याम सुरु भएसँगै ज्यानको कुनै प्रवाह नगरि कोशीमा बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न स्थानीयहरुलाई यतीवेला भ्याइनभ्याइ छ ।

घरमा आर्थिक अभावका कारण दाउरा संकलनका लागि कोशी ब्यारेज आसपासका स्थानीयहरु वर्षौ देखी जोखिम मोल्दै आएका छन । कोशी व्यारेजमा खोलिएका ढोकामाथि दैनिक उनीहरु लठ्ठीमा भाला उनेर आफैले बनाएको घरेलु औजारको सहायताले बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने गर्दछन् । बच्चै देखि कोशीमै हुर्किएकोले कुनै पनि डर नलाग्ने भन्दै दाउरा निकाल्ने काम व्यस्त हुने गरेको स्थानीय मिन्टु मण्डल बताउँछन् । उनी भन्छन्, ‘हामीलाई डर लाग्दैन्, यही हुर्किएको हो, यही खेलेको के को डर, पौडी खेल्न आउँछ, हाम्रो रोजिरोटी नै दाउरा, माछा हो कोशीको, अन्त जाने ठाउँ छैन् ।’

कोशीमै जन्मिई हुर्किएकाले सानो तिनो बाढीबाट नडराउने उनीहरु बताउँछन । बाढीले बगाएर ल्याएको काठ दाउरा निकाल्दा कहिले काँही पुलबाटै झर्ने गरेका छन् तर पौडा खेल्न आउने भएकाले कुनै किसिमको अप्रिय घटना नघटेको बताउँछन् । दाउरा संकलनको लागी १५ सय भन्दा वढी मानीसहरु कोशी व्यारेजमा आउने गर्दछन ।

दिनभरी संकलन गरेको काठ दाउरा घरमा लगेर सुकाउने र बजारमा लगेर बिक्री गर्ने गरेको स्थानीय गुल्टेन मण्डलको भनाई छ । उनका अनुसार वर्षाको समयमा एक जनाले २ ट्रक सम्म दाउरा संकलन गर्ने गर्दछन् । त्यही बेचेर गुजारा पनि टार्ने गरेको उनको भनाई छ । उनले भने, ‘कोशी वरिपरि खेती किसानी पनि हुँदैन्, के गरेर जिविकोपार्जन गर्नु, हाम्रो त काम नै यही हो, कोशी दाउरा निकाल्ने, माछा निकाल्ने खाने ।’
कोशी व्यारेजबाट निकालिएको काठ दाउरा भारतीय बजारसम्म लगेर बिक्री गरिदै आएको छ । बाढीको समयमा काठ दाउरा संकलन गरी घरमै थुपारेर राख्ने र हिउँदमा भारतीय बजारसम्म लगेर बिक्री गर्ने गर्दछन ।

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved